BREAKING NEWS

Wednesday, July 6, 2016

शशांक कोइरालाको अबस्था गम्भीर, विदेश लैजान सम्भव छैन : चिकित्सक


काठमाडौं २२ असार । ओम अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री शशांकको कोइरालाको अवस्था थप गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।  अस्पतालले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी कोइरालाको अवस्था थप गम्भीर रहेको जानकारी दिएको हो ।
अस्पतालका प्रवक्ता लव जोशीले भने, ‘उहाँ मेकानिल भेन्टिलेटरमा नै हुनुहुन्छ, २४ घण्टा पूरा नभएसम्म के हुन्छ भनेर भन्न गाह्रो छ ।’ उनले बिहान १०० प्रतिशत अक्सिजन दिइएकोमा अहिले ८० प्रतिशत अक्सिन दिइएको भन्दै प्रेस बढाउनेदेखिका औषधि चलाइरहेको जानकारी दिए ।
उनले अगाडि भने , ‘बान्ता भएपछि अड्किएर निमोनिया भएको छ, ब्लेड लेभल र किड्नीमा पनि केही समस्या देखिएको छ । विभिन्न अंगहरुले राम्रो सँग काम गरिरहेको छैन । ’ उनका अनुसार अहिले मुटुको चाल ८० प्रतिमिनेट र ब्लड प्रेसर १००–५० रहेको छ ।
मंगलबार राती स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले ओम अस्पताल लगेको थियो । राती नै ओममा भर्ना भएका उनको स्वास्थ्य अवस्था भने बुधबार बिहान ४ बजेपछि नाजुक बन्न पुगेको थियो ।
रातीदेखि बिहानसम्म लगातार बमिट गरिरहेका उनको बिहान साढे पाँच बजे बमिट सर्किएर मुटुमा असर गर्न पुगेको बताइएको छ । लगत्तै अचेत बनेका उनलाई चिकित्सकहरुले भेन्टिलेटरमा सारेका थिए ।
‘विदेश लैजान सम्भव छैन’
पत्रकार सम्मेलनमा अस्पतालले यहि अवस्थामा विदेश लैजान सम्भव नरहेको बताएको छ । प्रधानमन्त्री तथा कांग्रेसकै केहि नेताहरुले थप उपचारका लागि भारतमा लैजाने बताइरहेको बेला यही अवस्थामा लैजान सम्भव नहुने बताएको हो ।
‘यहिले कै अवस्थामा विदेश भारत तथा अरु देशमा लैजान सम्भव छैन, त्यसरी लगिए लैजानेहरुले नै जिम्मेवारी लिनुपर्ने हुन्छ, हामी जिम्मेवारी लिन सक्दैनौं’, प्रवक्ता जोशीले भने ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .