BREAKING NEWS

Friday, July 1, 2016

रमजानको उपलक्ष्यमा मुस्लीम समुदायलाई भोजन दान

लेखनाथ,१७असार
मुस्लीम समुदायकोे महत्वपुर्ण चाड रमजानको अवसर पारेर विदेशमा वस्दै आएका नेपालीको सहयोगमा पोखरा १३ को मियापाटनका मुस्लिम समुदायलाई सामुहिक भोजन दान (इफतार पाटी) गराईएको छ।
हल्याण्डमा रहेका लेखनाथ नगरपालिका वडा नं २ रिठेपानी निवासी एन आर एन हल्याण्डका अध्यक्ष समेत रहेका हिमाल गुरुङको पहलमा हल्याण्ड निवासी निसा गोटेनले आफनी छोरीे सना गोटेनको सुस्वाथ्यको कामना गर्दै पोखरा मियापाटनका मुस्लिम समुदायका करिव दुई सय जनालाई सामुहिक भोजन गराईएका हुन।  
गत जेठ २२ गते देखि सुरु भएको एक महिन रमजानलाई मध्यनजर राख्दै हल्याण्डबाट आएको आर्थीक सहयोगले हिमाल गुरुङका वुवा निलप्रसाद गुरुङ, लगाएत राईजिङ स्टार युवा क्लवका अध्यक्ष यम गुरुङ, निर्वतमान अध्यक्ष कृष्ण गुरुङ,कोषाध्यक्ष विष्णु गुरुङ र सदस्य चित्र बंमजन सहितको टोलीले मियाँपाटनको मस्जितमा पुगि सामुहिक भोजनदान गराएका थिए।
असार २२ गते सम्म संचालन हुने एक महिने रमजानको समयमा मुस्लिम समुदायका बाल बच्चा ,बृद्ध र असक्त बाहेक सवैले विहानको सुर्य द्धोय देखि सुर्य अस्थ नभएसम्म केही पनि खानेकुरा नखाई वर्त वस्ने प्रचलन रहदै आएको मुस्लिन समाज मियापाटनका सचिव सरफत अलिले जानकारी दिएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .