BREAKING NEWS

Monday, July 4, 2016

अब विकासको लागि राजनीति गरौं

खै कति रहेछ प्रेसर: लेखनाथको पचभैयामा स्थापना गरिएको नगर स्वास्थ्य केन्द्रको उद्घाटन समारोहमा नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुवेदी आफनो प्रेसर जाँच गराउदै। राष्ट्रको मुख्य जिम्मेवारी पोष्टमा रहेपनि उनको प्रेसर १२० वाई ८०  रहेको छ जुन सामान्य स्वस्थकर मानिसमा हुनु पर्ने सरह कै हो। फोटो भीमपाणि बराल।
लेखनाथ २० असार ।
लेखनाथ नगरपालिकाको पचभैयामा वडा नं .१०, ११ र १२ का जनतालाई स्वास्थ्य सेवा पु¥याउने उद्धेश्यले स्थापना गरिएको नगर स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुवेदीले हामीले राजनीति धेरै गर्यौं अव विकासका लागि राजनीति गरौं भनेका छन्। उनले मनैदेखि विकासका योजनाहरु बनाएर अगाडी वढ्न सक्ने हो भने त्यसमा सरकार सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए।लेखनाथको विकासका लागि क्षेत्रिय स्तरको वसपार्क, औद्योगिक क्षेत्र,चिडिया घर र ताल संरक्षण अपरिहार्य छ त्यसैले यी योजनाहरुका लागि राजनितीकको भावनाले टाडै वसि सामुहिक भावले योजना वनाएर अगाडी वढ्नोस विकास सम्भभ छ उनको भनाई रहेको थियो।
लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक वहादुर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत सागरप्रसाद घिमिरे, नगरपालिकाको सामुदायिक शाखाकी प्रमुख मिना भण्डारी र स्थानीय शंकर प्रसाद पौडेल लगायतले राम्रो कामको सुरुवात भएकोमा खुसि ब्यक्त गर्दै स्वास्थ्य चौकीवाट स्थानीय जनता लाभान्वित हुने वताएका थिए।उक्त केन्द्रमा एकजना अहेव र एक जना अनमी राखेर स्वास्थ्य सेवा शुरु गरिएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .