BREAKING NEWS

Wednesday, July 6, 2016

तालको संरक्षणमा योगदान पुर्याउनु सबैको कर्तव्य हो



राजन परियार
लेखनाथ, २२ असार 
यांगलिंग (फिसिंग) गर्नु एक प्रख्यात खेलमा पर्दछ।सोखका साथै समय बिताउने एक प्रमुख क्रियाकलापका रुपमा पनि फिसिंगलाई लिने गरिन्छ। “ संगै साथीभाई मिलेर सरर बेगनासताल पुग्यो झोलाबाट फिसिंग रड झिक्यो, आहाराको चाँजोपाँजो गर्यो र बल्छी थाप्यो अनि साथीहरुसंग ड्रिंक्ससहितको गफ गर्दा समय बितेको त पत्तै हुदैन। बढ्दो जनसंख्या संगै बेरोजगारीले समयलाई पनि कसरी व्यतित गर्ने भन्ने प्रश्न जो कोहीले पनि गर्दछन्।झन् माछा परेपछिको आनन्दमा त जो कोहि पनि रमाउँछ।राम्रै माछा परे बेचेर पैसा कमाउने, सितन बनाउने, परिवारमा वा साथीभाईमा जमघट आयोजना गर्न सकिन्छ।तर नपरे पनि केहि छैन समय त काटियो, स्विमिङ गरे झन् राम्रो व्यायाम भयो, माछा अलि ठुला भएपछी पारौला भनि फर्क्यो।भोलि त अवश्य पर्ला नि।“ फिसिंग गर्नेहरु बताउछन्।
लेखनाथकै रुपा तालमा त माछा मार्नुहोस प्रहरीले लैजान्छ।हो रुपा तालमा माछा मार्ने जस्ता क्रियाकलाप गरे रुपा ताल पुनरुत्थान तथा सहकारी संस्थाले तुरुन्त प्रहरीलाई जानकारी दिने र माछा मार्नेलाई प्रहरीले लैजाने गरेको छ।तर बेगनासतालमा भने खासै कडाई छैन। बाँध कमजोर हुन्छ र तालको जोखिम बढ्छ, ताल संरक्षण हामीहरु सबैले मिलेर गर्नुपर्छ, बल्छी खेल्न पाईदैन है यहाँ, तपाईको सवारीसाधन यहाँ नल्याउनुहोस् है भन्दै सम्झाउने गरेको तर जवाफमा किन नपाइने?, तपाईको परिचयपत्र खै?, कहाँ लेखेको छ र? भन्दै कहिलेकाही कसैले लापरबाही गरेको देख्दा सूचनाको कमी भएकोले सो समस्या आएको सिंचाई केन्द्रका कर्मचारी रिल बिर सेन र उनका सहकर्मी साथीहरु बताउँछन्।ल यो बोर्डमा लेखिएको सूचना पढ्नुहोस् भन्दै बीचबाट सवारी साधन बाँधमा लैजाने र बल्छी खेल्ने, घोडा, खच्चड तथा गाई बस्तुहरू पनि तालको बाँधमा हिड्न दिने जस्ता कार्यहरू रोक्ने गरेका छन् भू पु सैनिक समेत रहेका सेन लगायतका कर्मचारीहरु।उनीहरू भन्छन् तालको बाँधमा भएका ढुंगाहरू पनि तालतिर गएको हुँदा हामीहरु मानिसहरूलाई सम्झाउने  गरेका छौं।बोर्डमा सूचनाहरू अस्पस्ट रहेको हुदाँ पुन: लेखिनुपर्ने देखिन्छ। सकारात्मक रहेर नियमहरूलाई आत्मसात गर्दै पालना गरि तालको संरक्षणमा योगदान पुर्याउनु सबैको कर्तव्य हो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .