BREAKING NEWS

Saturday, July 9, 2016

शिक्षक र सम्पादक मानक भाषाका संवाहक–प्राडा अधिकारी


विष्णुहरि पौडेल
लेखनाथ, २५ असार
नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य प्राध्यापक डाक्टर हेमाङ्गराज अधिकारीले शिक्षक र सम्पादक नेपाली मानक भाषाका संवाहक भएका बताएका छन् । शनिवार पोखरामा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्राज्ञ अधिकारीले उक्त कुरा बताएका हुन् ।
शिक्षक र सम्पादकमा भाषालाई कता हिंडाउने भन्ने भर पर्ने भएका कारण उनीहरुले विशेष सतर्कता अपनाउनु पर्ने उनले बताए । लेखक स्रष्टाहरुले आफ्ना अनुकुल प्रयोग गरे पनि शिक्षक र सम्पादकले स्तरीय मानक नेपाली भाषाको मात्रै प्रयोग गर्नु पर्ने उनको धारणा रहेको छ । भाषाको शुद्धता सम्बन्धमा स्वतन्त्र पत्रकार संघ नेपालले पनि केही दिन अगाडि नवलपरासीमा कार्यक्रम गरी विशेष जोड दिएको सन्दर्भ जोड्दै बक्ताहरुले नेपाली भाषा र भाषा शिक्षण विषयक अन्तक्र्रियामा भाषिक शुद्धतामा जोड दिएका थिए । भाषामा उच्चाहरणको महत्वपूर्ण भूमिका रहने हुँदा शुद्ध उच्चाहरण गर्नु पर्ने र लेखनका क्रममा लिपिलाई भाषानुकुल बनाउँदै मानक भाषाको प्रयोग गरिनु पर्नेमा जोड दिइएको थियो । नेपाली भाषाले राष्ट्रभाषाको मान्यता पाइरहेको सन्दर्भमा प्रयोग कर्ताले अभिव्यक्तिमा शुद्धता र अर्थपूर्णतामा ध्यान दिनुपर्ने अधिकांश वक्ताहरुको धारणा थियो । शनिवार पोखरामा नेपाली भाषा शिक्षक परिषद कास्कीले यो अवसर जुटाएको थियो । परिषदका अध्यक्ष लोकचन्द्र खनालले भाषिक समस्यामा देखिएका विवाद आधिकारिक रुपमा समाधान गरिदिन भाषाको क्षेत्रमा लामो अनुभव संगालेका प्राज्ञ अधिकारीलाई कार्यक्रममा ल्याएको बताए । भाषिक नियमको वकालत गर्नेहरुनै अहिले नियममा बस्न नस्कनु विडम्बना भएको बताउँदै अन्तक्र्रियामा प्राध्यापक डाक्टर सर्वराज आचार्यले पदयोग र पदवियोग सम्बन्धि कार्यपत्र नै प्रस्तुत गरेका थिए । भाषिक सुधारका लागि भएका संस्थागत प्रयासको उल्लेख गर्दै नेपाली वृहत शब्दकोषको समयानुकुल परिमार्जन भैसकेकोले सहि प्रयोग गर्नुपर्ने आजको आवश्यकता रहेकोमा बक्ताहरुले जोड दिए । वर्णविन्यास र ह्रश्वदीर्घका सन्दर्भमा बारम्बारको अभ्यास महत्वपूर्ण रहने विचार व्यक्त गिरिएको थियो ।
यसपटकको एस एल सीमा नेपाली विषमा जम्मा ६३ जनाले मात्र ए प्लस ल्याएको सन्दर्भ जोड्दै सहभागीरुले भाषा विज्ञानका नवीनतम् मान्यताका सन्दर्भमा र भाषिक समस्याको न्यूनिकरणका लागि थप बहसको आवश्यकता औंल्याएका थिए । कास्की जिल्लाका विद्यालयहरुमा नेपाली विषय अध्यापन गराइरहेको १ सय २१ शिक्षक शिक्षीकाहरुको सहभागिता रहेको उक्त अन्तक्र्रियामा सामाजिक अध्ययन मञ्च कास्कीका सचिव घनश्याम ओझा , संस्थापक अध्यक्ष माधवशरण उपाध्याय , सल्लाहकारहरु डाक्टर यमनाथ तिमिल्सिना , पुण्यप्रसाद शर्मा , वोधराज ढकाल , पृथ्विनारायण क्याम्पस पोखराका विभागका अध्यक्ष डाक्टर यदुनन्दन उपाध्यय , प्राध्यापक डाक्टर विष्णु प्रसाद पौडेल लगाएतले परिषदको कार्य प्रशंसनिय भएको भन्दै भविष्यमा निरन्तरताको कामना गरेका थिए । परिषदका उपाध्यक्ष डोलराज अर्यालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव डिल्लिराम अर्यालले गरेका थिए ।    

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .