BREAKING NEWS

Wednesday, July 6, 2016

नक्कली सिआईडी बनेर लुटपाट गर्ने पक्राउ

पोखरा २२ असार । सुरक्षा निकायको सिआईडी भन्दै लुटपाटमा संलग्न एक जना ब्यक्ती पोखराबाट पक्राउ परेका छन् । नेपाली सेना र नेपाल प्रहरीको सिआईडी हुँ भन्दै चेकजाँचको नाममा लुटपाट गर्दै हिड्ने बसन्त थापालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

रोल्पा धवाङ ४ घर भएका ३६ बर्षिय थापालाई गत असार १९ गते चाउथेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापाले पोखरा तथा आसपासका ईलाकाहरुमा बिहान तथा साँझको समयमा एकान्त बाटो घाटो, विश्राम स्थल तथा पार्कहरुमा घुमफीर गर्ने मानिसहरुलाई अवस्था अनुसार ‘सि.आई.डि. हुं तपाईहरुको शरिर तथा सामानहरु चेकजांच गर्नुपर्यो ’ भनी डर त्रास देखाई उनीहरुको साथमा रहेका बिभिन्न प्रकारका मोवाईल सेटहरु जवरजस्ती लुटने गरेको प्रहरीले जनाएको छ ।

उनले लुटेका सामानहरु मध्ये विभिन्न मोडेलका १७ थान मोवाईल सेट तथा एउटा साईकल बिक्रि गरेको बिभिन्न पसलहरुबाट बरामद गरिएको प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । लुटेको मोवाईल सेट खरिद गर्ने तनहुं जिल्ला शुक्लागण्डकी ४ का ३० बर्षीय सन्तोष सुनार भन्ने कमल सुनार र सोहि नगरपालिका ३ का २३ बर्षीय रमित श्रेष्ठ पनि पक्राउ परेका छन् । तीनै जना बिरुद्ध बिरुद्ध जबरजस्ती चोरी मुद्धामा जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .