BREAKING NEWS

Sunday, July 10, 2016

लायन्स क्लव अफ लेखनाथ सेभेन लेक सिटीको पदस्थापन

लेखनाथ,२६असार।
लायन्स क्लव अफ लेखनाथ सेभेन लेक सिटीको वर्ष २०१६।१७ का पदाधिकारीहरुलाई एक समारोहका विच पदस्थापन गरिएको छ।
बर्ष २०१५।१६का अध्यक्ष असोक प्रसाद वरालले वर्ष २०१६।१७का अध्यक्ष मधुसुधन कोईरालालाई कार्यभार हस्तान्तरण गरेका हुन्।
लायन्स क्लव अफ सेन्टरका वर्ष २०१५।१६का अध्यक्ष दिपेन्द्र ज्योति ढुगानाको विषेश उपस्थितिमा आगामी वर्षका लागि चयन भएका पदाधिकारीहरुको पदस्थापन गरिएको हो।
नव गठित कार्यसमितिका पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा शिवप्रसाद भण्डारी, द्धितिय उपाध्यक्षमा हरि वस्ताकोटी, तृतिय उपाध्यक्षमा कृष्ण गौतम रहेका छन् भने समितिको सचिवमा बद्रिनाथ भण्डारी,कोषाध्यक्षमा गणेश प्रसाद ढुगाना,सह सचिवमा बसन्त अधिकारी,सह कोषाध्यक्षमा सुर्यप्रकास ढुगाना,टेमरमा जगनाथ कोईराला,पि आर ओ मा चन्द्रज्योति ढुगाना,मेम्वर सिप चियर प्रसनमा विश्व गुरुङ र टेल टुईस्टरमा सरोज कोईराला रहेका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .