BREAKING NEWS

Sunday, July 3, 2016

लेखनाथको खेलकुद विकासमा सामुहिक प्रतिवद्धता

लेखनाथ,१९असार।
समग्र लेखनाथ नगर क्षेत्रको खेलकुदको विकासका लागि सामुहिक प्रतिवद्धताको खाँचो रहेको लेखनाथमा आयोजित कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्।
लेखनाथ खेलकुद विकास समितिले लेखनाथमा खेलकुदको महत्व र विकास विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले खेलकुद क्षेत्रको बिकासका लागि यहाँ रहेका राजनितीक दल,सामाजीक संघ सस्था र युवा क्लवहरुको सामुहिक प्रतिवद्धता चाहिने विचार राखेका हुन्।
कार्यक्रममा बोल्दै लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारीले मानिस स्वथ्थ भए मात्र स्वस्छ बिचार आउने धारणा राख्दै खेलकुदले मानिसलाई शारिरिक र मानसिक रुपमा तन्द्रुस्टी बनाउनेमा जोड दिएका हुन्।
सोही अवसरमा बोल्दै नेपाली काग्रेसका लेखनाथ नगर सचिव धु्रवनाथ अधिकारी,नेकपमा एमालेका मोहन गुरुङ र अखण्ड पाटी नेपालका मोती गिरिले लेखनाथमा निर्माण भएको रङशालालाई ब्यवस्थीत बनाउनका लागि सम्वन्धित निकायमा पहल कदमी गर्दै सामुहिक प्रतिवद्धताको खाचो रहेको धारणा राखेका थिए।
कार्यक्रममा आदर्श युवा क्लवका अध्यक्ष लक्ष्मी भण्डारी र भण्डारढीक टोल बिकास सस्थाका अध्यक्ष जङवहादुर गुरुङले लेखनाथमा बनेको रङशालाले यस क्षेत्रको खेलकुदका लागि महत्वपुर्ण भुमिका निभाएको विचार राखेका थिए।
लेखनाथ खेलकुद विकास समितिका अध्यक्ष चेतवहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष सुरजजंग राणा,धन्यवाद ज्ञापन द्धितिय उपाध्यक्ष धिरज श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन सचिव भरतप्रसाद तिवारीले गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .