BREAKING NEWS

Friday, July 29, 2016

सामाजिक क्षेत्रमा काम गर्नेहरु राजनितिक क्षेत्रवाट वाहिर वस्नु पर्छ :बम


लेखनाथ, १४ साउन ।

पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव माहानिरीक्षक कमल सिँह बमले सामाजिक क्षेत्रमा काम गर्नेहरु राजनितिक क्षेत्रवाट वाहिर वस्नुपर्नेमा जोड दिएका छन् ।

लेखनाथ सामूदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको दशौ साधारण सभा तथा पाँचौ अधिवेशनको शुक्रवार उद्घाटन गर्दै बमले राजनितिक एउटा पाटो हो भने सामाजिक क्षेत्र अर्कोपाटो भएको विचार राख्दै सामाजिक क्षेत्रमा  राजनितिलाई नमिसाउन आग्रह गरेका हुन् ।

सामाजिक क्षेत्रको विकासका लागि ह्ृदय देखि नै सामाजिक भावले अगाडी वढ्नु पर्नेमा जोड दिदै  प्रहरी नायव महानिरीक्षक बमले परिमाण देखिने गरी काम गर्न अनुरोध गर्दै पदमा बसेर मात्र होइन पद भन्दा वाहिर वसेर पनि सामाजिक क्षेत्रमा काम गर्न सकिने विचार राखेका थिए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बमले सामुदायिक सेवा केन्द्रका सदस्यहरु भनेका विना बर्दीका सिपाही भएको विचार राख्दै कानूनलाई हातमा लिएर गलत मन्सायले अगाडी वढ्ने जो कोहीलाई पनि प्रशासनले कारवाही गरेर छाड्ने धारणा राखेका थिए ।

सोही कार्यक्रमा वोल्दै अञ्चल प्रहरी कार्यालय गण्डकीका वरिष्ठ प्रहरी उपरिक्षक महेन्द्र कुमार खनालले  विकृती र विसंगती रहित समाज निर्माणमा प्रहरी र जनता विच सहकार्य हुनु पर्नेमा जोड दिदै देशमा शान्ति शुव्यवस्था र लागु औषध तथा दुर्वेसनीको नियन्त्रणका लागि सहकार्य आवश्यक रहेको वताएका थिए ।

लेखनाथ सामूदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी, जिल्ला सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णु वहादुर भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बाबुराम गिरी, पूर्व अध्यक्ष चतुराखर अधिकारी,  नेपाली कांग्रेस लेखनाथ नगर समितिका उपाध्यक्ष डम्वर वहादुर थापा, नेकपा एमाले लेखनाथ नगर समन्वय समितिका सचिव मोहन गुरुङ्ग, नेकपा माओवादीका लेखनाथ नगर इन्चार्ज विनय थापा, सामुदायिक सेवा केन्द्र वगरका अध्यक्ष जिवन अधिकारी, लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बोधराज लामिछाने, सामुदायिक सेवा केन्द्र लेखनाथका संस्थापक अध्यक्ष मोती गिरी र सम्पूर्ण महिलाहरुको तर्फवाट गिता देवी सुवेदी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

सामुदायिक सेवा केन्द्र लेखनाथका सचिव त्रिलोचन लामिछानेले संचालन गरेको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन पूर्व अध्यक्ष शेरवहादुर गुरुङ्गले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .