BREAKING NEWS

Sunday, July 3, 2016

लेखनाथ नगरपालिकामा सौर्य सडक बत्तीको सम्झौता शुरु

लेखनाथ, १९ असार
लेखनाथ नगरपालिकालाई संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयबाट सौर्य सडक बत्तीका लागि निकासा भएको २ करोड ५७ लाख रकमको लेखनाथका सबै १८ वटै सार्वजनिक चोकहरुमा सोलर बत्ती जडान कार्यको सम्झौता शुरु भएको छ । 

एक हप्ताको समय सिमा राखेर सोलार बत्ती जडान उपभोक्ता समितिले प्रकाशित गरेको टेन्डर बमोजिम राष्ट्रिय बैकल्पिक उर्जा कम्पनिमा सुचिकृत १४ कम्पनीहरुले निवेदन दर्ता गरेकामा कम मूल्यमा गर्न चाहने स्वाभिमान उर्जा विकास प्रालिले उपभोक्ता सहभागिताको १५ हजार मध्ये १० हजार छुटमा उक्त सोलार बत्ती जडान कार्यको ठक्का लिन सहमत भइ सम्झौता शुरु गरेको कार्यदलका सदस्य टिकाराम पगेनीले बताउनु भएको छ।
जसअनुसार उपभोक्ताले शुरुमा सम्झौता गर्दा रु १५ हजार १ सय जम्मा गर्नुपर्ने र रनिङ विल प्राप्त भएपछि ठेकेदार कम्पनीले उपभोक्ता सहभागिताको ६६ प्रतिशत रकम फिर्ता गर्ने सहमती भएको छ । अधिकांश वडाले सम्झौता समेत गरि सकेका पंगेनीले बताउनु भयो । 
ठेकेदार कम्पनी स्वाभिमान उर्जा विकास प्रालिले नेपाल सरकारबाट प्राप्त १ करोड ५७ लाख अर्थात कामको ६५ प्रतिशत कार्य आषाढ २५ गते भित्रमा नै गरि सक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ । १२ भोल्टको व्याट्री , १ सय २५ केजीको पोल , २ सय पाता , ४० वाडको वल्व राख्ने कुरा चुनौति पूर्ण भए पनि आफूरु सेवा दिन तयार रहेको उहाँले बताउनु भयो। वडागत हिसावमा हेर्दा समानता नदेखिए पनि आगामी दिनमा समान रुपमा वितरण गर्ने सर्तमा आफूहरुले काम गर्न तयार रहेको उहाँले बताउनु भयो । वडागत रुपमा हेर्दा थोरैमा १० वटा देखि धेरैमा ४० वटा बत्ती जडा गरिने भएको छ ।   

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .