BREAKING NEWS

Wednesday, July 13, 2016

लेखनाथमा नागरिक सचेतना केन्द्रको सक्रियता बढ्दो



सक्रिय भएर लागिन्छ हक र हितका लागि अघि सरिन्छ रुपा बढहरे नागरिक सचेतना केन्द्र
राजन परियार
लेखनाथ, २९ असार
लेखनाथमा विभिन्न वडामा महिलाहरूको बढ्दो सक्रियतासंगै नागरिक सचेतना केन्द्र अन्तर्गत सामाजिक परिचालन कार्यक्रमको आज अनुगमन सम्पन्न भएको छ। 
लेखनाथको वडा नं ११को भुतभुते टोल नागरिक सचेतना केन्द्र, १४को रुपा बढहरे नागरिक सचेतना केन्द्र र १५को थुम्कीमा रहेको नागरिक सचेतना केन्द्रमा आज लेखनाथ नगरपालिकाले अनुगमन गरेको छ। महिलाहरूले आफूहरूलाई सामाजिक परिचालक मार्फत रिफ्लेक्ट विधि कक्षामा दिइएको जन्म, विवाह, मृत्यु दर्ता एवं विभिन्न घटना दर्ता सम्बन्धि जानकारी, महिला तथा पाठेघर सम्बन्धि गरिएको शिविर, जीविकोपार्जन सुधार योजना कार्यक्रम अन्तर्गतको आर्थिक सहयोग, सिप विकासका लागि गलैचा बुन्ने तालिम तथा बाख्रापालनका लागि बाख्रा वितरण, शौचालय निर्माण,  वैठक तथा कक्षाका लागि सामाजिक भवन निर्माण, बाटो निर्माण जस्ता कार्यक्रमहरूले आफूहरूमा ल्याएको परिवर्तन देख्दा आफूहरू खुसी भएको बताए।
लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत, लोक बहादुर भण्डारी, इन्जिनियर तथा योजना शाखा प्रमुख जगन्नाथ कोइराला, आ.ले.प. रविन्द्र अधिकारी, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, लेखनाथ न.पा शहरी शासन विज्ञ नवराज नेपाली र पत्रकारहरूको संलग्नतामा सो अनुगमन कार्यक्रम रहेको थियो।
पारिवारिक तथा सामुदायिक रुपमा आफूहरु प्रगतिशील हुन सदा सक्रिय भई नियमित कक्षा आउने समस्याको पहिचान गरि समाधानका लागि अनि सामुदायिक हक, हित र विकासका लागि आफूहरू अघि सर्ने प्रतिवद्धता जनाए।




 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .