BREAKING NEWS

Friday, July 1, 2016

सामुदायिक सेवा केन्द्र लेखनाथको लामगादीमा सचेतना


लेखनाथ,१७ असार।
सामुदायिक सेवा केन्द्र लेखनाथ एवंम सामुदायिक प्रहरी सेवाको आयोजना र लेखनाथ नगरपालिकाको सहयोगमा सुक्रवार लेखनाथ नगरपालिका वडा नं १६ लामगादीका स्थानीयवासीहरुलाई  एच आई भी एड्स र लागु औषध तथा ट्राफीक नियमका वारेमा प्रशिक्षण दिईएको छ।
सेवा केन्द्रले नगर क्षेत्रका विभिन्न वडाहरुमा संचालन गर्दै आएको चार दिने अभियान अन्तरगतको अन्तिम लामगादीका वासिन्दाहरुलाई एच आई भी एड्स,लागु औषध र ट्राफीक नियमका वारेमा जानकारी गराएको हो।
कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीले युवा अबस्थामा साथीहरुको लहै लहैमा लागेर आफना छोरा छोरीहरु कुलतको बाटोमा फस्न सक्ने तर्फ चनाखो हुदै अभिभावकहरुले छोरा छोरीको बानी व्यवहार प्रति ध्यान दिनु पर्ने धारणा राखेका थिए।
सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिका बाल बालीकाको क्षेत्रमा काम गर्दै आएका फोकल प्रशन अनिल आचार्य, सेवा केन्द्रका सस्थापक अध्यक्ष मोती गिरि,कोषाध्यक्ष रमेश ओझा,सदस्य गंगा खनाल लेखनाथ बाल मञ्चका अध्यक्ष अनुराधा लामिछाने,जागृती आमा समुकी अध्यक्ष कमला देवी आचार्य र टोल  विकास समोन्वय समिति वडा नं १६का अध्यक्ष भोजराज त्रिपाठी लगाएतले आ आफनो धारणा राखेका थिए।
कार्यक्रममा प्रहरी नायव निरिक्षक रामकुमार केशीले ट्राफिक नियम र नौलो घुम्तीका रामशरण सेडाईले लागु औषध तथा एच आई भी एड्सका बारेमा जानकारी गराएको सो कार्यक्रमको संचालन सेवा केन्द्रका सचिव त्रिलोचन लामिछाने र स्वागत मन्तव्य सेवा केन्द्रका पुर्व अध्यक्ष शेरवहादुर गुरुङले गरेका थिए।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .