BREAKING NEWS

Tuesday, July 5, 2016

लेखनाथ उद्योग बाणिज्य संघको २० औं स्थापना दिवस सम्पन्न

निजी क्षेत्र स्वच्छ,प्रतिस्पर्धी र सेवा भावले अगाडी वढ्नु पर्छ: मुख्य सचिव सुवेदी

भीमपाणि बराल
लेखनाथ,२०असार
लेखनाथ उद्योग बाणिज्य संघले सोमवार आफनो २०औं स्थापना दिवसका अवसरमा बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै  नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुवेदीले निजी क्षेत्रलाई स्वच्छ,प्रतिस्पर्धी र सेवा भावले अगाडी बढ्न आग्रह गर्दै उद्यमशिलतालाई अगाडी वढाउनका लागि कुरा ठुला गर्ने तर काम नगर्ने प्रविर्तीबाट टाडै रहन समेत अनुरोध गरेका थिए।  
मुख्य सचिव डा.सुवेदीले अहिले देशमा पूंजीगत खर्च हुन नसकेको अवस्थामा  वढी भन्दा वढी जनता लाभान्वित हुने खालका योजनाहरु लिएर आउनुहोस  कानूनको परिधिभित्र रहेर आफु यहि क्षेत्रको भएका नाताले सहयोग गर्ने छु उनको प्रतिवद्धता रहेको थियो।
पोखरालाई नेपाल कै प्रमुख गन्तव्य स्थल बनाउन सकिने तर्फ संकेत गर्दै मुख्य सचिव सुवेदीले विकासका लागि साझा अवधारण र सहकार्यको भावनाले अगाडी वढ्नु पर्ने आवस्यकता रहेको विचार राख्दै लेखनाथलाई स्वदेशी तथा विदेशी पर्यटकहरुको  गन्तव्यस्थल वनाउन निजी क्षेत्रको सहयोग अपरिहार्य भएकोमा जोड दिएका थिए।
कास्कीको थुम्कीमा जन्मनु भएका सुवेदीलाई संघले नेपाल सरकारको उच्च तहमा पुगेकोमा वधाई दिदै अभिनन्दन समेत गरेको थियो।  
कार्यक्रममा सांसद यज्ञ वहादुर थापाले लेखनाथ ५को सिलिङगेमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाउन मिल्ने करिव पाँच सय रोपनी जग्गा दिन स्थानीयवासीहरु तयार रहेको विषय उठान गर्दै प्रदेश नं ४को राजधानी पोखरालाई थेग्न सक्ने खालको सम्मेलन केन्द्र लेखनाथमा वनाउन सकिने धारणा राखेका थिए।
सोही अवसरमा क्षेत्रीय प्रशासक शंकर प्रसाद कोइरालाले निजी क्षेत्र जनताप्रति उत्तरदायी र जिम्मेवारी हुन आग्रह गरेका थिए भने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले संविधान कार्यान्वयन हुन सके निजी क्षेत्रका सवै समस्या समाधान हुनेमा जोड दिएका थिए।
कार्यक्रममा मुख्य सचिव डा.सुवेदीले लेखनाथ ११ बेगनासतालका कृष्ण प्रसाद ढुगानाले बातावरणीय सरसफाईका क्षेत्रमा सहयोग पुग्ने गरि संघको नाममा स्थापना गरेको दुई लाखको अक्षय कोषवाट यस वर्ष कंचन स्वच्छ वातावरण समितिलाई रु ११ हजार एक सय ११ ।– राशीको नगद पुरस्कारवाट सम्मान गरेका थिए।
संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा, संघका पूर्व अध्यक्ष वावुराम गिरी, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक वहादुर भण्डारी,पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रि सदस्य दिपक लम्साल लगायतले लेखनाथ उद्योग वाणिज्य संघले बिकासको क्षेत्रमा सारथीको भुमिका निभाउन सकोस् भन्ने सुभकामना दिएका थिए।
संघका महासचिव छत्रधर आत्रेले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .