BREAKING NEWS

Sunday, July 10, 2016

नक्कली फेसबुकमा अश्लिल फोटाहरु पोस्ट गर्ने युवती पक्राउ


काठमाडौं २७ असार। अर्काको नामको फेसबुक बनाई अश्लिल फोटोहरु पोस्ट गर्ने युवती पक्राउ परेकी छिन् । सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको निवेदनका आधारमा प्रहरीले २७ वर्षीया गंगा चन्द ठकुरीलाई शनिबार पक्राउ गरेको जनाएको छ ।

सुर्खेत भेरीगंगा नगरपालिका वडा नं। १४ की गंगा चन्द ठकुरीलाई प्रहरीले अरुको नामको फेसबुक बनाई अश्लिल सामाग्री राखेको र उनका आफन्त तथा साथीभाईहरुलाई समेत ट्याग गरेको भन्दै पक्राउ गरेको हो ।

ठकुरीलाई विद्युतीय कारोवार सम्बन्धी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .