BREAKING NEWS

Sunday, July 10, 2016

कृष्ण प्रणामीका बृद्धबृदालाई कर्मशील र गार्डेनको सहयोग





लेखनाथ,२६असार।
लेखनाथ नगर पालिका वडा नं ६ सहेलापाखामा रहेको कृष्ण प्रणामी मन्दिर बृद्ध तथा बाल आश्रम सेवा समितिलाई कर्मशील बचत तथा  ऋण सहकारी सस्था र लायन्स क्लव अफ पोखरा गार्डेन सिटीले छुटाछुट्टै कार्यक्रमका विच सहयोग गरेका छन्।
कर्मसिल बचत तथा ऋण सहाकारी सस्थाले आफनो पाचौं स्थापना दिवसको अवसर पारेर आश्रमलाई रु दश हजार नगद सहित फलफुल तथा लत्ता कपडा वितरण गरेको थियो ।
सहयोग सामग्री हस्तान्तरण समारोहमा सहकारीका अध्यक्ष धु्रववहादुर कुवर सहित उपाध्यक्ष संगिता गौतम,सचिव विजय अधिकारी,कोषाध्यक्ष विष्णुमाया गुरुङ,प्रबन्धक हरिशचन्द्र रेग्मी,सदस्य रामवहादुर खत्री र गोविन्द गौतमले बृद्धबृदाहरुलाई सहयोग गर्नु सवैको कर्तब्य रहेको बताएका थिए।
यसै गरि लायन्स क्लव अफ पोखरा गार्डेन सिटीले एक कार्यक्रमका विच छ थाना सिलिङ पंङखा,एक थान क्यारिम वोड र फलफुल प्रदान गरेका थिए। कार्यक्रममा एम जे एफ प्रेमवहादुर श्रेष्ठ,क्लवका अध्यक्ष चन्द्रप्रसाद अधिकारी,सचिव तीर्थराज न्यौपाने,जोन चियर प्रसन थरवहादुर श्रेष्ठ,चाटर अध्यक्ष भेषराज शर्मा, लगाएतले बृद्धबृदालाई सहयोग गर्नु समाजीक दायीत्व भएको बताएका थिए।
कार्यक्रममा आश्रमका अध्यक्ष दुर्गाप्रसाद गौतम,सचिव तिलकसाली अधिकारी,सल्लाहकार कृष्णप्रसाद ढुगाना र सदस्य महेश्वर पाण्डेले दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .