BREAKING NEWS

Friday, July 1, 2016

गुण्डा नाइके दीपक मनाङे पक्राउ

काठमाडौं १७ असार । गुण्डा नाइके दीपक मनाङेसहित उनको समुहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुण्डागर्दीको उजुरीको आधारमा मनाङेको समुहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहले जानकारी दिए ।

सम्पत्ती सुद्धीकरण मुद्दा खेपिरहेका मनाङेले केहि दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहिबार राती उनीहरुलाई पक्राउ गरेको हो ।

उपत्यकामा सक्रिय अन्य गुण्डा नाइकेहरुलाई पनि निगरानीमा राखिएको एसएसपी थापाले बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .