BREAKING NEWS

Monday, July 4, 2016

लेखनाथ २ र ३मा सरसफाई अभियान संचालन


लेखनाथ,२०असार।
लेखनाथ नगरपालिकाले अगाडी सारेको आफनो फोहोर आफै सफा गरौं टोललाई सफा र स्वस्थ राखौं भन्ने अभियान अन्तरगत लेखनाथको वडा नं २ र ३ मा सरसफाईको जनचेतना मुलक अभियान संचालन गरिएको छ।

बडा नागरिक मञ्च तथा वातावरण सरसफाई समितिको संयोजन र स्थानीय सामाजीक संघ सस्था,टोल विकास सस्था,आमा समुह,नागरिक सचेतना केन्द्र,युवा क्लव र वडा पाटी प्रतिनिधीहरुको सहभागितामा सरफाई सहित जनचेतना मुलक ¥याली निकालीएको हो।

यसै बिच वडा नं २ को नागरिक मञ्च र वातावरण सरसफाई समितिले लेखनाथको अर्घौचोक देखि प्रगतिचोक हुदै दुर्गा मन्दिर सम्मको वाटोको दायाँ वाया रहेका फोहोर संकलन गर्ने र चेतना मुलक सरसफाई ¥याली निकालेको वडा नागरिक मञ्चका अध्यक्ष प्रयागराज भण्डारीले जानकारी दिएका छन्।
यता वडा नं ३मा  पनि विभिन्न सामाजीक संघ सस्थाको सहभगितामा पृथ्वीराज मार्ग खण्डको अर्घौचोक देखि संगम नगरसम्म सरसफाई सहित जनचेतना मुुलक ¥याली निकालीएको छ।
बडा नागरिक मञ्चका अध्यक्ष विश्वप्रकास बरालले बाटोमा छरिएको फोहोर संकलन गरि सुरु भएको कार्यक्रम सुन्दरी वजार,वुढिवजार र कालिकाचोक हुदै संगमनगरमा पुगी समापन गरिएको वडा सेवा केन्द्रका वडा सचिव लिलामणि भण्डारीले जानकारी दिएका छन्।

फोटो क्याप्सन ः
बडा नागरिक मञ्च तथा वातावरण सरसफाई समिति लेखनाथ नगर पालिका वडा नं ३ को संयोजन र स्थानीय सामाजीक संघ सस्थाकोे सहभागितामा सरफाई सहित जनचेतना मुलक ¥याली पछि सामुहिक फोटो खिचाउदै।
तस्विरः  भीमपाणि बराल।आर्दश समाज

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .