BREAKING NEWS

Friday, July 8, 2016

बेगनासतालमा १८ हजार माछाका भुरा छाडियो

जिल्ला कृषि विकास कार्यालय कास्कीको सहयोगमा लेखनाथको वेगनासतालमा शुक्रवार विभिन्न जातका १८ हजार माछाका भुरा छाडिदै। फोटोः कविराज खनाल
लेखनाथ, २४ असार ।
जिल्ला कृषि विकास कार्यालय कास्कीको सहयोगमा लेखनाथ नगरपालिकाको सवै भन्दा ठुलो वेगनास तालमा सुक्रवार  विभिन्न जातका १८ हजार माछाका भुरा  छाडिएको छ। 
वातावरणीय सन्तुलन ल्याउन, निम्न वर्गका समुदायहरुको आर्थिक उपार्जन गर्न र पर्यटन प्रवद्र्धकका लागि सरकारी अनुदान मार्फत विगत १३ वर्ष देखि निरन्तर रुपमा छाडिदै आएका माछाका भुरा यस बर्ष पनि छोडिएको हो।
बेगनासतालको पिप्ले कुनामा आयोजित कार्यक्रमको पहिलो चरणमा  सिल्भर, विगहेड,रुघु,नैनी भ्याकुर र ग्रासकार्प जातका १८हजार माछाका भुरा छाडिएकोे थियो ।
माछाका भुरा छाड्दै निमित्त क्षेत्रिय कुर्षि निर्देशक ह्दयनाथ घिमिरेले प्राकृतीक स्रोतको संरक्षण गर्दै लोप हुन लागेका स्थानीय जातका माछाको संरक्षणमा जोड दिएका थिए।
वेगनासताल मत्स्य व्यवसायीक समितिका अध्यक्ष झलक जलारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारी,जिल्ला कृषि विकास कार्यालय कास्कीका बरिष्ठ कृर्षि अधिकृत रमेश प्रसाद कोईराला,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,सिड फाउण्डेसन कास्कीका निर्देशक दामोदरभक्त थापा,कृर्षि बैज्ञानीक महोमद इकवाल हुसेन,पोखरा एङकलर्सका अध्यक्ष बालकृष्ण गुरुङ र कृर्षि सेवा केन्द्र सिसुवाका पुर्णबहादुर वानियाँ ब्यवसायीक कृषिलाई प्रवद्धन गर्नका लागि स्थानीय जातका माछालाई संरक्षण गर्नु पर्ने धारणा राखेका थिए।
 यसै गरि वेगनासताल मत्स्य व्यवसायीक समितिले पनि गत माघ महिनामा विभिन्न जातका करीव ५ लाख ३० हजार  माछाका भुरा छाडेको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .