BREAKING NEWS

Saturday, June 4, 2016

युवा संघ रुपाकोटमा धन गुरुङ

लेखनाथ,२२जेठ।
युवा संघ नेपाल रुपाकोट गाउ कमिटिको तेस्रो अधिबेसनले आगामी कार्यकालका लागि धनवहादुर गुरुङको अध्यक्षतामा ११सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा सरिफ मियाँ,सचिवमा खेमबहादुर गुरुङ र कोषाध्यक्षमा गणेश गुरुङ रहेका छन् भने समितिको सदस्यहरुमा बिनय गुरुङ,दिपक परियार,मनोज कुमार गुरुङ,राजेन्द्र गुरुङ,लाल बहादुर गुरुङ । किसान राना रहेका छन्।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले स्कुल बिभागका सदस्य भीम कार्कीले राष्ट्रिको बिकास र समृद्ध नेपाल निर्माणका लागि युवाहरु संगठीत हुदै जिम्बेवारी वहन गर्दै अगाडी वढ्न आग्रह गरेका थिए।
नेकपा एमाले रुपाकोट गाउ कमिटिका अध्यक्ष क्याप्टेन हर्कबहादुर खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला निर्वाचन आयोगका अध्यक्ष टिकाराम पंगेनी,युव संघ गण्डकीका अध्यक्ष नवराज ओझा,युवा संघ जिल्ला कमिटिका सचिव डिल्लीराम सुवेदी,युवा संघ कास्की क्षेत्र नं १का अध्यक्ष रामचन्द्र तिमिल्सेना,युवा संघ कास्की जिल्ला सचिवालय  सदस्य कृष्ण प्रसाद अधिकारी,युवा संघ राष्ट्रिय प्रतिनिधी परिषद सदस्य सुभाष सापकोटा लगाएतले आफनो धारणा राखेका थिए।
युवा संघ रुपाकोट गाउ कमिटिका उपाध्यक्ष केश बहादुर गुरुङले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन युवा संघ कास्की जिल्ला कमिटिका सदस्य  झलक गुरुङले गरेका थिए।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .