BREAKING NEWS

Tuesday, June 21, 2016

दिदि बहिनी एकता महिलाको प्रशिक्षण सम्पन्न


लेखनाथ,७ असार। 

दिदि विहिनी एकता महिला समुह लेखनाथ १ को आयोजनामा महिलाहरुलाई नयाँ संविधानमा समाबेस गरिएका महिला अधिकारका वारेमा जानकारी दिने उदेस्यले तीन दिने शशक्तिकरण तालिम सम्पन्न भएको छ। संबिधानमा उल्लेख भएका विषय र महिला अधिकारका लागि हुनै पर्ने विषय बस्तुका वारेमा जानकारी दिने उदेस्यले राखिएको तालिममा नयाँ संविधान र महिला अधिकार,आइ एल ओ अभिसंन्धि एवंम समावेसी अधिकारका बारेमा जानकारी गराईएको थियो।
सभासद् डिबी नेपालको संसद बिकास कोष अन्तरगतको बजेटबाट संचालित तालिममा अधिबक्ता जुनाकमारी गुरुङ र सुरेन्द्र थापा मगरले सहजिकरण गरेका थिए। दिदि विहिनी एकता महिला समुह लेखनाथकी अध्यक्ष देउमाया गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम संयोजक मनबहादुर गुरुङले स्वागत मन्तव्य र सचिव अञ्जली रेग्मीले संचालन गरेकी थिईन्।




Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .