BREAKING NEWS

Sunday, June 19, 2016

दाइजोमा औंठी नपाएको भन्दै श्रीमतीलाई घर निकाला !

रौतहट ६ असार । सुनको औंठी माइतीबाट दाइजो नपाएपति रौतहटमा एक युवतीलाई मानसिक सन्तुलन बिग्रिएको भन्दै घर निकाला गरिएको छ ।

विवाह भएको तीन महिना नबित्दै पोखराज जडित सुनको औंठी नल्याएको भन्दै चन्द्रपुर नगरपालिका ४ घर भएका एक इन्जिनियले श्रीमतीलाई घर निकाला गरेका हुन् ।

भारतको बिहार राज्यकी पूर्वी चम्पारण जिल्ला छोडादान गाउँका मनोज जयसवालकी २२ वर्षीया छोरी लवलीकुमारी जयसवालको गएको माघमा रोतहटको चन्द्रपुर नगरपालिका ४ स्थित अजय साहका २५ वर्षीय छोरा इन्जिनियर नवीन साहसँग मागी विवाह भएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।

विवाहअघि कबोल भएअनुसार काठमाडोंमा घडेरी किन्न लवलीका बाबुले केटाका बाबुलाई १६ लाख नगद दिएका थिए । उक्त रकमबाट साहले काठमाडौंको बालाजुमा घडेरी किनेका छन् । त्यसबाहेक ल्यापटप, एसी, ४० इन्चको एलईडी , सुनको सिक्री, औंठीलगायतका गरगहना दाइजो दिएको जानकारी युवतीका बाबुले दिएका छन् ।

नवीनले माइतीबाट पोखराज जडित सुनको औंठी माग्न श्रीमतीलाई दैनिक दबाब दिँदै आएका थिए । पीटित युवती स्नातका उत्तीर्ण हुँदा उत्कृष्ठ अंक ल्याएबापत बिहार सरकारबाट सम्मानित भएकी थिइन् । उनले आफूले दाइजोको बिरोध गर्दा सासूससुरा र श्रीमानले पागल भन्दै घर निकाला गरेको बताइन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .