BREAKING NEWS

Sunday, June 5, 2016

कुवेतमा होमनाथको सफलता, यात्रा गार्डदेखी म्यानेजमेन्टसम्मको...

कुवेत, ०५ जुन २०१६ 
बैदेशिक रोजगारी त्यहीमाथी खाडी मुलुक भन्ने बित्तिकै छोरी दिन नाक खुम्चाउने केही समय रोग बनेको थियो नेपाली समाजमा भने युवतीमा पनि जीवनसाथीको लागि अली सोच्नुपर्ने अभिब्यक्ती आएको देखिन्थ्यो तर कालन्तरमा लाखौं लगानी गरेर शणनार्थी हुन युरोप अमेरिका भन्दा सजिलो र परिपक्क कमाईको लागि खाडीनै उपयुक्त ठाउँ भएको पुस्ठी भएको छ । तेति मात्र होईन लामो समयसम्म देशमा रहेको युद्द र राजनीतिक अस्थिरथा हुँदा खाडी लगायत मध्यपुर्वका देशमा कार्यरत नेपालीको रेमिट्यान्शनै देशको अर्थतन्त्र धान्ने प्रमुख स्रोत भएको थियो ।

धेरैलाई फलिफाप र थोरैलाई अफाप भएको भएपनी बैदेसिक रोजगारिको उपयुत ठाउँ अरबनै हो भन्दा अनुपयुक्त नहोला । सफलता आफैमा पनि भर पर्छ । कुवेतमा पनि तेस्ता धेरै ब्यक्ती बिशेष छन । जो सामान्य जागिरमा आएर माथिल्लो ठाउँसम्म पुग्ने नेपालीहरु । उनै केही सफल नेपालीहरुको बिचमा एक हुन अल-अमाना सेकुरिटी कम्पनीका अप्रेशन म्यानेजर होमनाथ गिरी ।

अजभन्दा १२ बर्ष पहिला सन २००४ मा सामान्य सेकुरिटी गार्डमा कुवेतको अल अमाना सेक्युरिटी कम्पनीमा आएका गिरी अनवरत रुपमा कार्य गर्दै २०१६ सम्म आईपुग्दा अप्रेशन म्यानेजर र टप सेक्युरिटी डाईरेक्टर पदमा पुग्न सफल भएका छन जुन एक गार्डको जिन्दगीमा ठुलो सफलता मान्नु पर्दछ । कुनै बेला कम्पनीलाई आबस्यक पर्दा २४ घण्टासम्म आफ्नो कार्य क्षेत्रमा खटेर काम गरेका गिरी सफलता आफुमा भर पर्ने र थोरै भाग्यमा पनि हुने आफुलाई लागेको बताउछन । सम्पूर्ण कामदारको ९५% नेपालीहरु रहेको कम्पनीमा आफुलाई स्थापित गर्दा अनेक परिस्थितीको सामना गर्दै ईमान्दारिपुर्वक काम गरेको आफ्नो अनुभब सुनाउछन ।

कास्की, लेखनाथको भरतपोखरी गा. वि. स.मा जन्मेका गिरी आफ्नो कार्यक्षेत्र बाहेक नेपाली संघ सस्थाले आयोजना गर्ने धेरै कार्यक्रमलाई प्रतक्ष्य र परोक्ष्य रुपमा सहयोग गर्ने सहयोगी ब्यक्तित्व मात्र होईनन कुवेतको नेपाली समाजमा पुरानो सस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका पुर्व सदस्य र क्लबकै पहलमा निर्माण गरिएको राष्ट्रिय नेपाली फुट्बल टिम कुवेतका एक खेलाडी पनी हुन । जिन्दगीको सफलता सँगै आफुले सकेको सहयोग बिभिन्न ठाउँमा गर्नु पर्ने धारणा राख्ने उनले गाउकै निम्न माध्यामिक बिद्यालय शिशुकल्याणका गरीब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबिर्ती र बलादेवी मन्दिरलाई आर्थिक सहयोग समेत गरेका छन ।

नेपालमा भुकम्प गएको बेला आफ्नो कम्पनी लगायत बाहिरीरुपमा पनि सहयोग उठाउन तल्लिन गिरीको ब्यक्तिगत सफलता मात्र होईन सामाजिक सकृयता र सफलता पनि रहेको छ । सानै ठाउँ र थोरै तलबमा अरबको खाडीमा आएपनी मेहनत र ईमान्दारी भएमा सफल र मनग्य कमाई गर्न सकिन्छ भन्ने उदाहरण गिरीको सफलताबाट देख्न सकिन्छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .