BREAKING NEWS

Saturday, June 18, 2016

पोखरा लेडि जेसिजको २८औ वार्षिकोत्सव सम्पन्न (फोटो ग्यालरी सहित)

लेखनाथ, ४ असार
पोखरा लेडि  जेसिजको २८औ वार्षिकोत्सव लेखनाथ  १३ स्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विभिन्न कार्यक्रम सहित साउन्ड सिस्टम प्रदान गरेर  सम्पन्न गरेको छ। कार्यक्रममा लेखनाथ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लोक बहादुर भणडारीले तुलसिको मठमा 
पानी सिर्चन गरि उद्घाटन गरे। प्रमुख अतिथि भणडारीले समाजलाई अनुशाशीत राख्नका लागी  समाजका सम्मान गर्न पर्ने बृध बृधालाइ पोखरा लेडि जेसिजले गरेको सम्मान सराहनिय रहेको बताएका थिए । 
कार्यक्रम बिगतका बर्ष हरुमा भन्दा भिन्न ढंगले  वार्षिकोत्सव मनाइएको जेसिज अध्यक्ष प्रमिला सुबेदिले बताइन्। कार्यक्रममा शान्ति मन्त्रालयका पुर्व सह सचिव लक्ष्मीशरन घिमिरे, लेखनाथ जेसिजका अध्यक्ष अर्जुन ओजा ,लेडि जेसिजका पुर्व अध्यक्ष बसन्त के.सी, अन्जु शर्मा ढकाल, सीता पाण्डे, सजना महत, आश्रमका उपाध्य्क्ष गणेश बहादुर खत्री, आश्रमका मातृका प्रसाद सिग्देल लगायत ले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा एस एल सि मा सर्वोत्कृष्ट अन्क प्राप्त गर्ने आफ्ना सदस्यका छोराछोरीलाई कोषण ढकाल, प्रकृति पाण्डे र सफला थापालाई सम्मान गरिएको थियोे । सामुदायिक क्षेत्र तर्फकी उपाध्यक्ष सरिता थापाले ध्न्यबाद गरेको कार्यक्रममा स्वागत मन्तव्य पोखरा लेडिकि कार्यक्रम सम्योजक भावना न्यौपाने ले गरेकी थिइन भने सन्चालन पोखरा लेडिकि सचिव रेनु थापाले गरेकी थिईन।

















Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .