BREAKING NEWS

Sunday, June 5, 2016

नेवा: खल अर्घौमा मिसा पुच गठन

भीमपाणि बराल
लेखनाथ, २३ जेठ।
नेवाःखल अर्घौको ब्यवस्थापनमा तालचोक देखि विजयपुरसम्म छरिएर रहेका नेवारी महिलाहरुको भेलाले मिना श्रेष्ठको अध्यक्षतामा ११सदस्यीय अघौं विजयपुर मिसा पुच समिति गठन गरेको छ।
नेवाः खल अर्घौको महिला ईकाईका रुपमा गठन भएको समितिको उपाध्यक्षमा निर्मला श्रेष्ठ,सचिवमा रुपकला श्रेष्ठ,सह सचिवमा सर्मिला श्रेष्ठ,कोषाध्यक्षमा उमा श्रेष्ठ र सदस्यहरुमा लक्ष्मी राजवंशी,पुर्णिमा श्रेष्ठ,जुनमायाँ श्रेष्ठ,विष्णु कुमारी श्रेष्ठ,सुनिता श्रेष्ठ र मिरा श्रेष्ठलाई चयन गरेको छ। यसै गरि सोही भेलाले समितिको सल्लाकारमा रमा श्रेष्ठ,ईन्दिरा श्रेष्ठ र सविता श्रेष्ठलाई छनोट गरेको हो
नेवाःखल अर्घौका अध्यक्ष मोतीकाजी श्रेष्ठको अध्यक्षतामा भएको सो भेलामा लेखनाथको तालचोक, अर्घौ, बुढिवजार, संगमनगर र विजयपुर सम्म बसोवास गर्दै आएका नेवारी महिलाहरुको उपस्थिती रहेको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .