BREAKING NEWS

Wednesday, June 8, 2016

स्थानीयको सक्रियतामा लिफ्टबाट खानेपानी

भीमपाणि बराल
लेखनाथ,२६जेठ।
लेखनाथ नगरपालिका वडा नं ८ शिवालय टोलका २० घर धुरीले आफनै सक्रियतामा लिफ्टबाट खानेपानीको ब्यवस्था मिलाएका छन्।

यस भन्दा अगाडी कालीका गाविसको लामास्वाराँवाट पानी ल्याएर निर्भाहा गर्दै आएका स्थानीयवासीहरुले पानीको समस्यावाट मुत्ति हुनका लागि करिव छ लाख ३२ हजार खर्च गरि ब्यवस्थीत खानेपानीको ब्यवस्था मिलाएको उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवि तिवारीले जानकारी दिएका छन्।

स्थानीयहरुले खानेपानीको समस्याका वारेमा विभिन्न निकायमा आवज पुरयाए पछि लेखनाथ नगरपालिका,क्षेत्रिय खानेपानी कार्यालय,जिल्ला विकास समिति कास्की, लुमन्त नेपाल, ठाडडाँडा साउने पानी वन उपभोक्ता समितिको आर्थीक सहयोग र स्थानीयवासीको सहभागितामा ब्यस्थीत खानेपानीको ब्यवस्था मिलाईएको सचिव ध्रुवराज न्यौपानेले जानकारी दिएका छन्।

भरखरै मात्र संचालनमा आएको योजनाले त्यस क्षेत्रका करिव तिन सय उपभोक्ताहरु पानीको समस्यावाट मुक्त भएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .