BREAKING NEWS

Tuesday, June 21, 2016

लेखनाथको शिसुवा प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य भेला

 लेखनाथ,७आसर।
शिसुवा प्राथमिक स्वास्थ्य केन्द्रले प्रवाह गरेको सेवा तथा सुविधाहरुका वारेमा लेखनाथका सेवाप्रदाय र सेवाग्राही बीच अन्तरक्रिया कार्यक्रम सम्मन्न भएको छ।
सुशासनका लागि  नागरिक समाज कास्कीको आयोजना तथा टान्सफरेन्सी ईन्टरनेशनल नेपाल र जिल्ला जनश्वास्थ्य कार्यालय कास्कीको सहयोगमा संचालीत कार्यक्रममा श्वास्थ्य केन्द्रले दिदै आएका सेवाको प्रकृती र सेवाग्राहीको सुझावका वारेका जानकारी गराउदै आगामी दिनमा सुधार गर्नु पर्ने सेवा सुविधाका बारेमा जानकारी गराईएको थियो।
शिसुवा प्राथमिक स्वास्थ्य केन्द्र संचालक समितिका अध्यक्ष हर्कबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा  सुशासनका लागि  नागरिक समाज कास्कीका अध्यक्ष पुण्य पौडेलले नेपाल सरकारले स्वास्थ्यको क्षेत्रमा गरेको लगानी अनुरुप सेवाग्राहीहरुले सेवा पाउन नसकेकाले आगामी दिनमा सेवालाई कसरी भर पर्दो र प्रभावकारी बनाउन सकिन्छ भन्ने वारेमा सुझावहरुका आधारमा अगाडी वढ्ने धारणा राखेका थिए।
तालिममा लेखनाथ नगर क्षेत्र भित्रका नागरिक समाजका प्रतिनिधी,वडा नागरिक मञ्चका प्रतिनिधी,राजनितीक दलका प्रतिनिधी लगाएत  शिसुवा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर तथा प्राविधिकहरुको सहभागिता रहेका थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .