BREAKING NEWS

Saturday, June 18, 2016

संविधान कार्यान्वयनमा दलहरुबीचको एकता अपरिहार्य– उप प्रम रायमाझी


लेखनाथ,४ असार।
उप प्रधान एवम् उर्जा मन्त्री टोपबहादुर रायमाझीले संविधान कार्यान्वयनमा दलहरुबीचको एकता र सहकार्य अपरिहार्य भएको बताएका छन्।
लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता संस्थाको १५ औं वार्षिकोत्सवको उद्घाटन गर्दै उनले हालसम्मका उपलब्धि दलहरूबीचको एकताले नै सम्भव भएको हुँदा संविधानको कार्यान्वयनका लागि पनि त्यस्तै एकता र सहकार्य आवश्यक हुने बताएका हुन्।
दलहरूबीच एकता नहुने हो भने प्राप्त उपलब्धि पनि गुम्न सक्ने तर्फ संकेत गर्दै उप प्रधान मन्त्रि रायमाझीले“भोट हाल्ने समयमा यो पाटी र उ पाटी भने पनि विकास निर्माणका लागि एक ढिक्का हुनुको विकल्प नभएको कुरा उल्लेख गरेका थिए”।
अबका दिनमा पूर्वाधार विकासका माध्यमबाट आर्थिक विकासको मार्गमा देशलाई उन्मुख गराउनु पर्नेमा जोड दिदै उप प्रधानमन्त्री रायमाझीले उर्जा विकासका माध्यमबाट एक वर्ष भित्र विद्युतभार कटौती कम, दुई वर्षमा विद्युत भार कटौती मुक्त र १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गरी निर्यात गर्ने लक्ष्यका साथ सरकार अगाडी बढेको बताएका थिए।  
उपप्रधानमन्त्री रायमाझीले आ .व . २०७३ ÷ ७४ को वार्षिक वजेटले सवै क्षेत्रलाई सम्वोधन गरेकोले यसको कार्यान्वयनमा सवै लाग्नु पर्नेमा जोड दिदै अबको आवस्यकता भनेको आर्थीक कान्ति हो त्यसमा पनि उर्जाको क्षेत्र पहिलो प्रथामीकतामा परेको छ उनको भनाई रहेको थियो।  
उहाँले विकासका क्षेत्रमा लेखनाथवासीले देखाएको एकताको प्रशंसा गर्दै लेखनाथ साना शहरी खानेपानी आयोजना कास्कीको मात्र नभई देशकै नमूना योजना भएकोले अन्य ठाउंमा संचालीत आयोजनाहरुले पनि यसको अनुकरण गनुपर्ने सुझाव राखेका थिए।

 कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीले विकासको पूर्वाधार खानेपानी  भएकोले सवै जनतालाई स्वच्छ र सफा खानेपानी उपलव्ध गराउन दीर्घकालीन सोचका साथ अघि वढ्नु पर्ने विचार व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष वोधराज लामिछानेले  खानेपानी आयोजनावाट हालसम्म लेखनाथ नगरपालिकाका ४६ हजार घर परिवारलाई आठ हजार आठ सय २७ वटा खानेपानी धारा वितरण गरिएको जानकारी गराएका थिए।
कार्यक्रममा आयोजनाका सस्थापक अध्यक्ष शालिकग्राम पौडेल,नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण के .सी, एमालेका टिकाराम पंगेनी,संस्थाका निर्वतमान अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य,पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक वहादुर भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, संस्थाका पूर्व कोषाध्यक्ष गणेश वहादुर श्रेष्ठ,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य शिवजी लामिछाने,पारालिगल कास्कीकी अध्यक्ष कोपिला रानाभाट,सम्पुर्ण महिलाहरुको तर्फबाट तारा शर्मा ढकाल र राप्रपा कास्कीका सचिव गणेश ढकाल लगायतका वक्ताहरुले लेखनाथका सवै वडाहरुलाई समेट्ने गरि पाहाडी भेगका लागि छिटो भरपर्दो योजना संचालन गर्नु पर्ने आवस्यकता रहेको धारणा राखेका थिए।
सोही अवसरमा सस्थाले संचालन गरेको योजनामा पहिलो धारा जडान गर्ने उपभोक्ता लेखनाथ ५की जमुना देवि भटराई,पुर्ब कमाचारी अमृत हमाल,मिटर रिडर पवित्रा ढुगाना र सस्थापक कर्मचारी ध्रुवराज चापागाईलाई कामको उच्च कदर गर्दै सम्मान गरिएको थियो।
सस्थाका सचिव हरि लामिछानेले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष विष्णु बरालले गरेका थिए।











Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .