BREAKING NEWS

Tuesday, June 14, 2016

लेखनाथका निर्माण ब्यवसायिहरुलाई भवन आचार संघिता तालिम

लेखनाथ,३२जेठ।
निर्माण ब्यवसायि समिति लेखनाथको आयोजना र लेखनाथ नगरपालिकाको आर्थीक सहयोगमा लेखनाथका निर्माण ब्यवसायि कालिगडहरुलाई भवन निर्माण आचार संघिता तालिम प्रदान गरिएको छ।
भुकम्प प्रतिरोधात्मक घर निर्माणका वारेमा जानकारी दिने उदेस्यले दोस्रो चरणमा राखिएको तालिममा नगर क्षेत्र भित्र निर्माण क्षेत्रमा काम गर्दै आएका २४जनालाई तालिम प्रदान गरिएको हो। यस अघि लेखनाथ नगर क्षेत्रलाई कार्यथलो बनाएका एक सय ३२जना निर्माण ब्यवसायीहरुलाई यस प्रकारको तालिम प्रदान गरिसकिएको थियो।

तलिममा अव निर्माण हुने घरहरुका राज्यले ल्याएको भवन आचार संघितालाई आधार मानी भुकम्प प्रतिरोधात्मक र तोकिएको मापदण्ड अनुसारको हुनु पर्नेमा शौध्यान्तीक र प्रयोगात्मक तालिम दिईएको यियो।

पाँच दिनसम्म चलेको तालिममा लेखनाथ नगरपालिकाका ईन्जिनियर जगननाथ कोईराला,रविचन्द्र घिमीरे र ओभरसियर अनिल आचार्यले सहजिकरण गरेका थिए।

निर्माण ब्यवसायि समिति लेखनाथका अध्यक्ष किसान सिह गुरुङको अध्यक्षतामा भएको तालिम समापान समारोहमा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीले आफुले वनाएका घरहरु कसैका लागि काल सावित नहुन भनि नगरपालिकाले अगाडी सारेको भवन निर्माण आचार संघिताको परिधि भित्र रहेका वलियो मजभुत घर बनाएर लेखनाथ नगर क्षेत्रको शौन्दर्यतालाई वढावादिन सवै कालीगडहरुलाई अनुरोध गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .