BREAKING NEWS

Tuesday, June 21, 2016

लेखनाथ उद्योग वाणिज्य संघद्धारा धुलिखेल उद्योग वाणिज्य संघका भ्रमण टोलिलाई स्वागत


लेखनाथ ७ , असार

विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आईपुगेको धुलिखेल उद्योग वाणिज्य संघको भ्रमण टोलीको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले स्वागत एवं छलफल कार्यक्रमको आयोजना गर्यो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको सभापतित्वमा आयोजना गरिएको सो स्वागत कार्यक्रममा भ्रमण टोलीनेता तथा धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य साथै ओ.डि.ओ.पी. संयोजक दिलसुन्दर श्रेष्ठले एक जिल्ला एक उत्पादन कार्यक्रम र संस्थागत विकास सम्वन्धि जानकारी लिने उद्देश्यले भ्रमणको आयोजना गरिएको बताउनुहुदैंं धुलिखेल उद्योग वाणिज्य संघका क्रृयाकलापहरुका वारे चर्चा गर्नु भएको थियो । साथै नेपाल उद्योग वाणिज्य महासंघका गतिविधी समेत जानकारी गराउनुभएको थियो ।

कार्यक्रमका सभापति एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले आफ्नो संघका गतिविधिहरु, संघद्धारा संचालित एक जिल्ला एक उत्पादन कार्यक्रम, मेला महोत्सव लगायत संघले यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा खेलेको भुमिकाका वारेमा चर्चा गर्नु भएको थियो ।

संघको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत बिकास, एक जिल्ला एक उत्पादन कार्यक्रम, महिला उद्यमशिलता जस्ता विषयमा केन्द्रित भई भ्रमण टोलिका सदस्यहरुले राखेका विभिन्न जिज्ञासाहरुको वारेमा दुवै संघवाट छलफल भएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वावुराम गिरी, पुर्व अध्यक्ष चतुराखर अधिकारी, सुमन भट्टराई, कृषि उद्यम केन्द्रका कार्यक्रम अधिकृत अरुण श्रेष्ठ, पचभैया होम स्टे संचालक समतिका अध्यक्ष अर्जून लम्साल लगायतले ले दुवै संघको कार्य एकता, व्यापार तथा व्यवसाय तथा कर्मथलो एक भएकाले पनि यस किसिमको भ्रमणबाट अझ नजिक हुने बताउनुहुदैं भ्रमणको उद्देश्य प्राप्तीको शुभकामना दिदै आ आफेनो धारणा राख्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका महासचिव छत्रधर आत्रेयले संचालन गर्नु भएको सो कार्यक्रमा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारीले धन्यवाद मन्तव्य व्यक्त गर्दै आगामी दिनमा यस किसिमको भ्रमण कार्यक्रमले दुई संघ विचको सम्वन्ध अझ सुमधुर हुदै जाने वताउनु भयो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .