BREAKING NEWS

Thursday, June 9, 2016

नक्कली खेलाडी बनाएर विदेश पठाउने तेक्वान्दो महासंघका उपाध्यक्ष पक्राउ

काठमाडौं, २७ जेठ । ठूलो रकम उठाएर नक्कली खेलाडी बनाएर विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी बनाउन पठाउने अन्तर्राष्ट्रिय तेक्वान्दो फेडरेसन नेपालका उपाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय चेतनराज गिरी रहेका छन् ।

गिरीलाई बिहिबार अपराध महाशाखाबाट खटेको टोलीले बिहिबार त्रिपुरेस्वरबाट पक्राउ गरेको हो । गिरी नेपाल तेक्वान्दो महासंघ ईन्टरनेशनलको उपाध्यक्ष तथा रग्वी संघको महासचिव रहेका छन् । गिरीले म्याग्दी घर हुने बर्ष ५३ को टेक प्रसाद लामगाडे र दिपक सुनारलाई ईन्टरनेशनल तेक्वान्दो फेडरेशनका नक्कली कार्ड बनाई कोरीया पठाईदिने भनि क्रमश १ लाख र २ लाख ६० हजार लिएको उजुरी परेको थियो ।

यसअघि झापा घर हुने राजेन्द्र दवाडीलाई समेत आइटिएफ को नक्कली कार्ड बनाई तेक्वान्दोको खेलाडी बनाई ७ लाख ५० हजार लिई लण्डन पठाएकोमा नक्कली कागजात भन्ने थाहा पाए पश्चात लण्डन एयरपोर्टबाट फिर्ता भएको उजुरी पनि महाशाखामा परेको थियो ।

न्युजिल्याण्ड, ईंग्ल्याण्ड, चिन र क्यानडमा भएको तेक्वान्दो विश्वकपमा समेतमा रेफ्रीको रुपमा भुमिका निर्वाह गरेका गिरीलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .