BREAKING NEWS

Sunday, June 19, 2016

नक्कली प्रमाणपत्र धारी डाक्टरको नाम सार्वजनिक (सूची सहित)

५ असार, काठमाडौं ।

नक्कली चिकित्सक पक्राउ गर्न अप्रेसन शुरू गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) नक्कली प्रमाणपत्र धारीको आरोप लागेका चिकित्सकहरुको नाम सार्वजनिक गरेको छ ।

हिँजो मात्र सिआबीले उपत्यकाबाट झन्डै डेढ दर्जन चिकित्सक पक्राउ गरेको थियो । त्यस्तै उपत्यकाबाहिर वीरगन्ज, विराटनगर, दाङ, चितवनलगायतका जिल्लाबाट करिब ३८ जना नक्कली चिकित्सक पक्राउ गरेको छ।

सीआईबीको विशेष टोलीले काठमाडौंको नर्भिक, ललितपुरको बी एन्ड बी लगायत केही निजी अस्पताल र क्लिनिकबाट करिब डेढ दर्जन चिकित्सक पक्राउ गरेको छ। पक्राउ पर्नेमा किस्ट मेडिकल कलेजका आईसीयू इन्चार्ज डा. दिनेश पौडेल, नेपाल परिवार नियोजन संघका परियोजनाका डा. गजेन्द्रप्रकाश भण्डारीलगायत रहेका छन्।

नक्कली प्रमाणपत्र पेस गरी लामो समयदेखि चिकित्सा पेसामा कार्यरत चिकित्सकको प्रमाणपत्रको बारेमा अनुन्धान थालेको प्रहरीले ती चिकित्सकको प्रमाणपत्र नक्कली भएपछि पक्राउ गरिएको हो। सरकारी टोलीले अधिकांश चिकित्सकले भारतबाट नक्कली प्रमाणपत्र ल्याएर जागिर खाएको खुलेको छ। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी, उच्च माध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयको विशेष टोलीले प्रमाणपत्रको अनुसन्धान गरेको थियो।








Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .