BREAKING NEWS

Sunday, June 5, 2016

वातावरण दिवसमा लेखनाथका विभिन्न ठाउमा बृक्षरोपण तथा अन्तरक्रिया

लेखनाथ, २३ जेठ।
विश्व वातावरण दिवसको अवसर पारेर लेखनाथमा आईतवार विभिन्न सामाजीक संघ सस्था तथा विद्यालयहरुले आ आफनो क्षेत्रमा बृक्षारोपण तथा वातावरण संरक्षण सम्वन्धी अन्तरक्रिया गरेकोे समाचारहरु प्राप्त भएका छन्।

बातावरण दिवस कै अवसर पारेर हरेक वर्ष जस्तै यस वर्ष पनि लेखनाथ ८ शिशुवामा रहेको आदर्श प्रगतिटोल विकास सस्थाले लेखनाथ नगरपालिका कार्यालयको मुख्य प्रवेश द्धारा वरपर सरसफाई तथा त्यहाँ रहेका विरुवाहरु गोडमेल गर्ने काम सम्पन्न गरेको छ।
लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सात तालको वाटिका सहरका रुपमा चिनिएको लेखनाथलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउनका लागि नगरवासीले विषेश गरि सरसफाईमा ध्यान दिदै एक घर दुई विरुवाको अवधारणालाई अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए।
आदर्श प्रगतिटोल विकास सस्थाकी अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखकनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारी,ईन्जिनियर रविचन्द्र घिमीरे,टोल विकास समोन्वय समिति लेखनाथका अध्यक्ष छविलाल लामिछाने र सस्थाकी सचिव इन्द्रा ताम्राकार लगाएतले बिरुवा रोपेर देखाउनु भन्दा पनि भएका विरुवाहरुको संरक्षण,गोडमेल गरि हुर्काउनु ठुलो विषय भएकामा जोड दिएका थिए।
यसैगरि वातावरण दिवक कै दिन पारेर  सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेव लेखनाथले लेखनाथको वडा नं ९मा निर्माण गर्न लागिएको माछापुच्छ« पार्क परिसरमा विभिन्न जातका करिव दुई सय विरुवाहरु लगाएको छ।

माछापुच्छ्रे टोल विकास सस्थाको सहयोगमा सो ठाउमा रहेको करिव सात रोपनी क्षेत्रफल भित्र ब्यवस्थीत पार्क बनाउने उदेस्यका साथ पहिलो चरणमा जग्गाको संरक्षण गर्दै वृक्षारोपणको अभियानलाई अगाडी सारिएको हो।

उक्त परिसर भित्र विरुवा लगाउदै डाडाकोनाक प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरिक्षक मित्रवहादुर आचार्यले विकासका लागि स्वयम स्थानीयवासीहरु जागरुक हुदै विना आग्रह तथा पुर्वाग्राही नराखी विकासका गुरुयोजनाहरु तयार पारेर अगाडी वढ्न सक्ने हो भने लक्ष्य अनुसारको प्राप्ती हुने धारणा राखेका थिए।
लेखनाथ सामुदायिक सेवा केन्द्रका कार्यवाहक अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा माछापुच्छे्र टोल विकास सस्थाका अध्यक्ष कृष्णप्रसाद तिवारी,पार्क निर्माण समितिका अध्यक्ष तारानाथ सुवेदी,शान्ति सेवा आमा समुहकी अध्यक्ष जमुना वुढाथोकी,स्थानीय केशवराज तिवारी र मधुकर न्यौपाने लगाएले बातावरण संरक्षण र बृक्षारोपणको आवस्यकताका वारेमा जानकारी गराएका थिए।
सेवा केन्द्रका सचिव त्रिलोचन लामिछानेले संचालन गरेको कार्यक्रममा सस्थापक अध्यक्ष मोती गिरीले स्वागत मन्तव्य राखेका थिए। 
यसै गरि वातावरण दिवस कै अवसर पारेर रोटरी क्लव अफ लेखनाथले लेखनाथ नगरपालिका वडा नं १मा रहेको खुईले डाडा परिसरमा बिभिन्न जाताका विरुवाहरु लगाएको छ। कार्यक्रम क्लवका अध्यक्ष सदिप ढुगानाको अध्यक्षतामा भएको थियो। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .