BREAKING NEWS

Wednesday, June 22, 2016

लेखनाथ नगरपालिकामा डिजिटल सुचना बोड संचालनमा


लेखनाथ,८ असार
"दुःखका दिन गए अब सुखका दिन आए" भने जस्तै तपाई सेवाग्राही भएर लेखनाथ नगरपालिका कार्यालय परिसरमा पुग्नु भयो भने नगरपालिकाले प्रवाह गर्ने सेवा तथा अन्य थप जानकारीको लागि कोही कसैलाई सोध्न नपर्ने भएको छ।
नगरपालिका कार्यालयको मुख्य प्रवेशद्धारा नजिक भएको सोधपुछ कक्षमा बसेर तपाईले त्यहाँ राखिएको टि भीको ठुलो पर्दामा नगरपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाका वारेमा जानकारी पाउन सक्नु हुने भएको हो।

 लेखनाथ नगरपालिका कार्यालयलाई सुचना प्रविधि मैत्री बनाउने सन्दर्भमा लेखनाथ नगरपालिका कार्यालयले डिजिटल सुचना बोर्डको थालनी गरेको हो। यो सुचना बोर्डमा लेखनाथ नगरपालिका कार्यालयको वडापत्र, नगरपालिकाका विभिन्न सुचना तथा नगरपालिकाको संक्षिप्त परिचय चित्राङ्कन गरिने आई टी इन्जिनियर अशोक द्वारेले जानकारी दिएका छन्।
सुचना प्रविधिलाई प्रथामीकता दिदै नगरपालिका कार्यालयले गु्रप एस एम एस प्रविधिको थालनी पनि गरेको छ जस बाट कार्यालयले विभिन्न सुचना र कार्यक्रमको जानकारी एकै साथ सरोकार वालालाई पठाउन सकिने हो ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय पञ्जिकरण विभागबाट व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा नामावली दर्ता व्यवस्थापन सूचना प्रणाली मार्फत अनलाइन सिस्टमबाट कार्यान्वयन गर्ने सम्बन्धमा लेखनाथ नगरपालिकाले पहिलो चरणमा सामाजिक सूरक्षा भत्ता पाउने सेवाग्राहीको नामावली अनलाइन प्रविधिमा अद्यावधिक गर्न समेत सुरु गरेको छ । साथै कार्यक्रमको अर्को चरणमा व्यक्तिगत घटना दर्ता सेवाग्राहीको नामावली अनलाइन प्रविधिमा अद्यावधिक गरिनेछ कार्यकारी अधिकृत लोक बहादुर भण्डारीले जानकारी दिएका छन्।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .