BREAKING NEWS

Thursday, June 2, 2016

कास्कीमा कोकाकोलाकप अन्तर विद्यालय फुटवल प्रतियोगिता शुरु


पोखरा २० जेठ । कास्कीमा बिहीबारदेखि कोकाकोलाकप अन्तर विद्यालय छात्रछात्रा फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन छात्रतर्फ १० खेल सम्पन्न भएका छन् ।

पोखरा रंगशालामा सम्पन्न खेलहरुमा बाल कल्याण्डले सिद्ध हाइयर सेकेण्डरीलाई ४–० ले, बेसलाइनले पोखरा लर्नसलाई टाई ब्रेकरमा ४–२ ले, गुडविलले रामज्योती उमाविलाई १–० ले, सितलज्योतीले गुड सेफर्डलाई २–० गोलले तथा समता शिक्षा निकेतनले शुक्रराज बलभद्रलाई पराजित गरेको छ । त्यसैगरि शसस्त्र प्रहरी बलको कालिका गणभित्रको खेल मैदानमा भएको खेलमा लिटिल स्टेपले महेन्द्र उमाविलाई पराजित गरेको छ ।

यसअघि शसस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनीका बाहिनीपति डिआइजी नरेन्द्र कुमार सिंहले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरेका थिए । आयोजक कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछानेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विशेष अतिथि शसस्त्र प्रहरीका एसएसपी कृष्णभक्त बर्माचार्य, जिल्ला खेलकुद विकास समिति कास्कीका कोषाध्यक्ष दिपक गोदार, आयोजक संघका सल्लाहकारहरु मदन केसी, विनोद लामिछाने, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली, प्रतियोगिता संयोजक कुमार गुरुङ्ग लगाएतको उपस्थिती थियो । संघका सदस्य एवं प्रतियोगिता सह–संयोजक आइन्दल गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .