BREAKING NEWS

Sunday, June 12, 2016

बालश्रम न्युनिकरणको लागि अन्तरक्रिया, सडक बालवालिकाको व्यवस्थापनमा जोड


पोखरा ३० जेठ । बालश्रम न्युनिकरण दिवसको अवसर पारेर सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामा बालश्रम न्युनिकरण तथा सडक वालवालिका व्यवस्थापनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया तथा ध्यानाकर्षण कार्यक्रम आइतवार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा वोल्ने वक्ताहरुले पर्यटकिय क्षेत्रमा सडक वालवालिका हुनु लज्जास्पद कुरा भएको भन्दै सरोकारवाला संघसंस्थाले यसको व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने आवश्यकता औल्याएका थिए । कार्यक्रमका सहभागि तथा सरोकारवाला सवैले मैले वालश्रमिक नराख्ने र वालवालिकालाई दुव्यवहार नगर्ने प्रतिवद्धता व्यक्त गर्दै सडक वालवालिकाको व्यवस्थान तथा बालश्रमिक न्युनिकरणमा सहयोग गर्ने वताए । त्यस्तै पोखरामा सडकवालवालिकालाई सुधार गृह राख्नुपर्ने र वालगृहहरुको समेत अनुगमन गरि व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला वाल कल्याण समितिका अधिकृत वद्री प्रसाद वाग्लेले वालश्रममिक राख्नु अपराध भएको भन्दै वालश्रममिक न्युनिकरणमा सवैले चासो दिनुपर्नेमा जोड दिए । उनले अझैपनी पोखरामा १३ सय भन्दा वढी वालश्रमीक र एक सय भन्दा वढी सडक वालवालीका जोखीम खवस्थामा रहेको वताए । साथै पोखरा उपमहारनगर पालिका सामाजिक शाखाका अधिकृत दुर्गा न्यौपानेले पोखरा नगरपालिकाले वालमैत्रि नगर घोषणा गर्ने तैयारी गरीरहेको अवस्थामा यस्ता कार्यक्रमले सहयोगी भुमिका खेल्ने भन्दै वालवालिका नाउमा छुट्याइएको वजेट अन्य क्षेत्रमा खर्च नगर्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा स्वतन्त्र सेनानी वद्रीविनोद प्रतिक, अधिवक्ता सरला कुमारी पाण्डे,अधिकारकर्मी विष्णुप्रसाद वराल,सामाजिक जागरणका लागि नारी अभियानका सदस्य अञ्जु क्षेत्री, सरिता घिमीरे,सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष विष्णु भट्टराई,वाल तथा महिला सशक्तिकरण नेपालका अध्यक्ष सिता भट्टराई, सामुदायक सेवा केन्द्र पृथ्वीचोकका टोपवहादुर रोकया, मानव मिलनका सावित्रि शर्मा,नेपाल रेडक्रस सोसाईटी वैदाम मंगल वहादुर नेपाली लगायतले वोलेका थिए ।
कार्यक्रमको सहजीकरण तथा कार्यक्रमको उदेश्यमाथी अभियानका संयोजक सुष्मा पौडेलले प्रकाश पारेकि थिइन् भने कार्यक्रमको सञ्चालन मेनुका पौडेल र स्वागत कार्यक्रम संयोजक जमुना तिमील्सीनाले गरेकि थिइन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .