BREAKING NEWS

Sunday, June 12, 2016

पोखरामा कालोबजारीमा ग्यास बेच्ने पक्राउ

पोखरा ३० जेठ । अभावको बेला बढी मुल्य लिएर कालोबजारीमा ग्यास विक्री गर्ने पुन पोखराबाट पक्राउ परेका छन् । यसअघि पोखराका विभिन्न स्थानमा कालोबजारीमा बेच्न राखिएको ग्यास सहित विक्रेता पक्राउ परिरहेका बेला पुन अर्को विक्रेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पोखरा १७ महतगौडा स्थित महतगौडा सप्लायर्सका सञ्चालक ४५ बर्षिय ठमराज भण्डारीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । तोकिएको भन्दा बढि मुल्यमा ग्यास विक्रि बितरण गरिरहेको बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिईएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट बढी मुल्यमा बेच्न राखिएको गृह लक्ष्मी ग्यांसको भरी सिलिन्डर २६ थान बरामद गरिएको प्रहरी नायब उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट कालोबजारी तथा केही सामाजिक अपराध मुद्दामा म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .