BREAKING NEWS

Wednesday, June 8, 2016

भोली नेपाल बन्द, विप्लव माओवादीको यस्तो छ नेपाल बन्दको तयारी

काठमाडौं, २६ जेठ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्ना नेता तथा कार्यकता रिहाइको माग गर्दै बिहीबार गर्न लागेको नेपाल बन्दलाई शान्तिपूर्ण बनाउने जनाएको छ ।

नेकपा माओवादीका प्रवक्ता खड्क विश्वकर्माका अनुसार बन्द भोलि बिहीबार बिहानैदेखि सुरू हुनेछ । बन्दका क्रममा अत्यावसेक सेवाका सवारी साधनबाहेक अरु नचलाउन प्रवक्ता विश्वकर्माले अपील गर्नुभएको छ ।

‘हाम्रा नेता तथा कार्यकर्ता थुप्रै जिल्लाहरूबाट पक्राउ पर्नुभएको छ’, उहाँले भन्नुभयो, ‘पक्राउ परेका नेता तथा कार्यकर्ताहरूको सकुशल रिहाइ नहुँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

उहाँले बन्दबाट पनि राज्यले पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाइ नगरे थप सशक्त आन्दोलन ल्याउन बाध्य हुने चेतावनी दिनुभयो ।
यसअघि जेठ २१ गते विभिन्न जिल्लाहरूमा बन्द आह्वान गरिसकेको विप्लव माओवादीले बन्दका बेला दुध बोक्ने गाडी, स्वास्थ्यसँग सम्बन्धी गाडी, प्रेस, कुटनीतिक नियोग आदिलाई चल्न दिने जनाएको छ ।

बन्दको पूर्वसन्ध्यामा ‘विप्लव’ माओवादीले बुधबार विभिन्न कार्यक्रमहरू पनि राखेको जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .