BREAKING NEWS

Wednesday, June 29, 2016

लेखनाथ सामुदायिकको लागु औषध तथा ट्राफिक नियमको प्रशिक्षण

लेखनाथ,१५ असार।
सामुदायिक सेवा केन्द्र लेखनाथ एवंम सामुदायिक प्रहरी सेवाको आयोजना र लेखनाथ नगरपालिकाको सहयोगमा बुधवार लेखनाथ १३ को खुदी खोलामा रहेको आरधना  टोलका बासिन्दाहरुलाई एच आई भी एड्स र लागु औषध तथा ट्राफीक नियमका वारेमा प्रशिक्षण दिईएको छ।
सेवा केन्द्रले नगर क्षेत्रका विभिन्न वडाहरुमा लागु औषध र ट्राफीक नियमका बारेमा जनचेतना फैलाउने उदेस्यले अगाडी सारेको योजना अनुसार आरधना टोलका बासिन्दाहरुलाई एच आई भी एड्स,लागु औषध र ट्राफीक नियमका वारेमा जानकारी गराएको हो।
कार्यक्रममा बोल्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीले हुर्कीएका छोरा छोरीहरु अभिभाबकको कम चासोले नराम्रो कुलतमा लागेर भविश्य नै विगार्न सक्ने भएकाले स्वयम अभिभाकहरु छोरा छोरीको ब्यवहार प्रति सचेत हुनु पर्ने सुझाव राखेका थिए।
सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिका फोकल प्रसन अनिल आचार्य , सेवा केन्द्रका सस्थापक अध्यक्ष मोती गिरी,आरधना टोल विकास सस्थाका अध्यक्ष भुपिन्द्र राना,खुसि आमा समुहकी अध्यक्ष ऋतु माया गुूरुङ र स्थानीय जेवी घलेले विक्रिती र विसंगतीलाई हटाउदै सभ्य समाज निर्माणका लागि अभिभाबकहरु नै चनाखो हुनु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्रहरी नायव निरिक्षक रामकुमार केशीले ट्राफिक नियम र नौलो घुम्तीका रामशरण सेडाईले लागु औषध तथा एच आई भी एड्सका बारेमा जानकारी गराएको सो कार्यक्रमको संचालन सेवा केन्द्रका सचिव त्रिलोचन लामिछाने र स्वागत मन्तव्य सेवा केन्द्रका पुर्व अध्यक्ष शेरबहादुर गुरुङले गरेका थिए।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .