BREAKING NEWS

Friday, June 24, 2016

लक्ष्मी आदर्श उच्च माविमा बृक्षारोपण


आर्दश समाज संवाददाता
लेखनाथ १०, असार
कास्कीको लेखनाथमा रहेको लक्ष्मी आदर्श उच्च माविले आफनो बार्षिक कार्यक्रम अन्तरगत विद्यालयले भोगचलन गर्दै आएको एक सय ७०रोपनी जमिनमा बृक्षारोपण गरेको छ।
वातावरण संरक्षणमा जोड दिदै वन पैदावारलाई विद्यालयको आम्दानीको स्रोत वनाउने उदेस्यले उत्त वन क्षेत्र भित्र विभिन्न जातका तीन सय भन्दा वढि विरुवाहरु लगाईएको हो।
विद्यालयका सस्थापक प्रधानध्यापक सुर्यनाथ शर्माले विरुवा रोपेर कार्यक्रमको सुरु गर्दै विद्यालयले स्थापना काल देखि भोगचलन गर्दै आएको जमिनको संरक्षण  गर्दै बन पैदवारलाई नियमीत आम्दानीको रुपमा प्रयोग गर्ने र विद्यार्थीहरुलाई वातावरणीय प्रभावका बारेमा जानकारी दिनु पर्ने धारणा राखेका थिए।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी,शिक्षक अभिभावक संघका पदाधिकारी,शिक्षक कर्माचारी,विद्यार्थी तथा सल्लाकार समितिको सहभागितामा खाली जग्गाको वरपर बृक्षारोपण गरेको प्रधानाध्यापक रविन्द्रमोहन भटराईले जानकारी दिएका छन्।
फोटो ःलक्ष्मी आदर्श उच्च माविको परिषर भित्र बृक्षारोपण गर्दै सस्थापक प्रधानाध्यापक सुर्यनाथ शर्मा । तस्विर भीमपाणि बराल। आदर्श समाज 
ब्ततबअजmभलतक बचभब

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .