BREAKING NEWS

Saturday, June 4, 2016

स्वस्थ्य नागरिक,मर्यादित समाज र समृद्ध राष्ट्र निर्माणमा खेलकूद महत्वपूर्ण–उपराष्ट्रपति पुन

भीमपाणि बराल
लेखनाथ,२२ जेठ ।
उप–राष्ट्रपति नन्द वहादुर पुनले स्वस्थ्य नागरिक, मर्यादित समाज र समृद्ध राष्ट्र निर्माणमा खेलकूद क्षेत्र निकै महत्वपूर्ण रहेको बताएका छन्। लेखनाथको भण्डारढिकमा हालै सालै निमार्ण भएको रंगशालाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले रंगशाला निर्माणले यस क्षेत्रको मात्र नभई सिंगो देशकै खेलकूद क्षेत्रको ऐतिहासिक विकासमा कोशेढुंगा सावित भएको धारणा राखेका हुन्। खेलकूद विश्ववन्धुत्व, शान्ति र समझदारी कायम गर्न महत्वपूर्ण कडीको रुपमा रहने विचार व्यक्त गर्दै उनले यसले  शारीरिक तथा मानसिक रुपमा  स्वस्थ्य नागरिक तयार गर्न र देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सहयोग पुर्याउने वताएका थिए। 
उपराष्ट्रपति पुनले आर्थिक अभावमा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्न नसक्ने बताउदै आर्थिक अबस्था कमजोर भएका कुनै पनि खेलाडीहरुले विदेशी खेलाडीहरु सामु उत्कृष्ट प्रदर्शन गर्न नसक्नेमा जोड दिएका थिए। खेलाडीहरुको आर्थिक अबस्था सुदृण नभएसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा खेलाडीहरुले उच्च कोटीको खेल प्रर्दशन गर्न सक्दैनन, त्यसैले खेलकुदको विकासको लागि खेलाडीहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउनु पर्दछ, उनीहरुलाई शान्त ढंगले खेल्ने वातावरण मिलाउनु पर्दछ उप राष्ट्रिपतिको भनाई रहेको थियो।
खेलकुदले व्यक्तिको शारीरिक अबस्था देखि घर, समाज हुदै राष्ट्र तथा विश्व सामु पहिचान गराउने सजिलो माध्यम भएकोले यसको विकास र विस्तारको लागि नेपाल सरकारले चाहेर पनि आर्थिक हिसावले ठुलो लगानी गर्न नसकेको उपराष्ट्रपति पुनले गुनासो गरेका थिए । 
रंगशाला निमार्णमा सहयोग गर्ने दातृनिकाय देखि स्थानीय विभिन्न संघ संस्थालाई धन्यवाद दिदै उनले खेलकुदको विकासमा यसरी सहयोग गर्न उपराष्ट्रपति पुनले आग्रह गरे । प्राकृतिक हिसावले अति सुन्दर लेखनाथ नगरपालीकामा भएका सात ताल देखि अन्य प्राकृतिक श्रोत साधनको संरक्षण सहित सहि ढंगले प्रयोग गर्न पनि उनले आग्रह गर्दै लेखनाथको सौन्दयतालाई जिवन्त राख्न जोड दिएका थिए। क्रिकेट र फुटबल नेपाली युवकहरुले  अन्तर्राष्ट्रिय क्षेत्रमा देखाएको प्रदर्शनले राष्ट्र र नेपालीहरुको शीर उचो वनाएको धारणा राख्दै उहांले राज्यले पनि खेलाडीहरुको मनोवल उच्च राख्न साधन र श्रोतले भ्याएसम्म सहयोग गर्दै जानु पर्ने विचार व्यक्त गरेका थिए ।
उपराष्ट्रपति पुनले नयां खेलाडीहरु उत्पादन गर्न र खेलकूदका पूर्वाधार विकासमा राज्यले ध्यान दिनु  पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सुप्रिम कमिटिका सहायक कार्यकारी निर्देशक नसिर अल खतरले सन् २०२२ मा कतार सरकारले विश्व कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको र यसलाई सफल तुल्याउन कास्की, कैलाली र मकवानपुरमा चारवटा रंगशाला बनाई सकेको र अन्य आठ ठाउमा नयाँ रङशाला वनाउनका लागि कतार सरकारले सहयोग गर्ने जानकारी गराएका थिए। लेखनाथको आदर्श युवा क्लवको ब्यवस्थापनमा कतारको सुप्रिम कमिटि फर डेलिभरी एण्ड लिगेसी संस्था लेखनाथ नगरपालिका  र लेखनाथ उद्योग वाणिज्य संघको सहयोगमा करीव रु .८० लाखको लागतमा उक्त रङशाला निर्माण गरिएको हो। 
आदर्श युवा क्लवका अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यज्ञ वहादुर थापा, क्लवका सल्लाहकार चेत वहादुर गुरुङ्ग र फुटबल खेलाडी उपेन्द्रमान सिंहले खेलकुदको मध्यवाट गुणस्थरिय सेवा प्रवाहा गरि स्वच्छ समाज निर्माणको अभियानलाई अगाडी वढाउर्नुु पर्र्नेमा जोड दिएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .