BREAKING NEWS

Sunday, June 5, 2016

राप्रपा लेखनाथ नगर समितिको अध्यक्षमा जिसी

भीमपाणि बराल
लेखनाथ,२३जेष्ठ।
राष्ट्रिय प्रजातन्त्र पाटी लेखनाथ नगर समितिको तेस्रो नगर सम्मेलनले आगामी चार बर्षका लागि पुन वर्तमान अध्यक्ष हरिवहादुर जिसीलाई अध्यक्ष पदमा चयन गरेको छ।

गत जेठ १४गते तोकिएको नगर सम्मेलनमा नगर सदस्यका लागि सर्वसम्वत भए पनि अध्यक्ष पदका लागि सर्वसम्वत हुन नसके पछि  स्थगित भएको निर्वाचनको कार्यक्रम अन्तरगत आईतवार भएको निर्वाचनबाट जिसीले ९१मत प्राप्त गरि विजयी भएका हुन्।

कुल दुई सय ३७ मतदाता रहेको निर्वाचनमा एक सय ६४मत  खसेको थियो भने अध्यक्ष पदका प्रत्यासी उमेदवार वर्तमान उपाध्यक्ष आत्मराम ओझाले ६२मत प्राप्त गरेका थिए भने ११मत बदर भएका थिए।
निर्वाचन समितिले अध्यक्ष पदमा विजयी जिसीलाई पद तथा गोपनीयताको सफत गराई पदभार ग्रहण गराएको थियो। अध्यक्ष पदमा बिजयी भए पछि जिसीले लेखनाथको विकासको लागि यहाँ रहेका अन्य राजनितीक पाटी प्रतिनिधी र जनताहरुको सर सल्लाहा अनुरुप प्रभावकारी योजना मार्फत अगाडी वढ्ने प्रतिवद्धता जाहेर गरेका थिए।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .