BREAKING NEWS

Sunday, May 8, 2016

ले.उ.वा र आन्तरिक राजस्व कार्यालय पोखराद्वारा कर प्रशिक्षण कार्यक्रम सम्पन्न


लेखनाथ २६, कास्की
लेखनाथ उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय पोखराको संयुक्त आयोजनामा कर प्रशिक्षण कार्यक्रम आईतवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएकोे कर प्रशिक्षण कार्यक्रममा अध्यक्ष त्रिपाठीले उपस्थित सवैलाई स्वागत गर्नुहुदंै देश विकासको मेरुदण्डनै कर भएकाले व्यवसायी कर तिर्न तयार भएको र करको दायर मा नआएकालाई करको दायर फराकिलो वनाउन साथै व्यवसायी मैत्री कर प्रणली लागु गर्नका लागि आग्रह गर्नुभएको थियो ।
प्रमुख कर अधिकृत लेखनाथ शर्माले सवै कर दाताहरु नै पहिलो कर अधिकृत भएको हुदा विचौलीयाहरुसँग समन्वय नगरीकन स्वयंले हिसाव–किताव राखी आम्दानी अनुसारको कर तिर्न आग्रह गर्नुभएको थियो ।
धेरै व्यवसायीहरुले विल नकाट्ने, घर भाडा सम्झौता थोरै रकम राख्ने प्रविधि भईरहेकाले अवका दिनमा यसमा कडाई गरिने र निरन्तर अनुगमन हुने प्रमुख कर अधिकृतले बताउदै व्यवसायीहरुलाई विना संकोच कर कार्यालय आउन र नबुझेका कुुराको पटक पटक प्रशिक्षण दिन आफुहरु तयार रहेको बनाउनु भएको थियो ।
आन्तरिक राजश्व कार्यालयका कर अधिकृत द्धय सुनिलराज देवकोटा र विजयप्रसाद लामिछानेले उद्योगी व्यवसायीहरुलाई कर शिक्षा सम्वन्धि प्रशिक्षण गराउनुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बावुराम गिरी, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष सुमन भट्टराई लगायतले व्यवसायीहरु कर तिर्नका लागि जागरुक रहेको र यस्ता प्रकारका प्रशिक्षणले व्यवसायीमा ज्ञानको विकास भई सफल रुपमा व्यवसाय संचालन गर्नका लागि सहयोग पुग्ने वताउनुभएको थियो ।
संघका महासचिव छत्रधर आत्रेयले कार्यक्रम संचालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं सल्लाहकार, विभिन्न विद्यालयका संस्थापक÷प्राचार्यहरु, वस्तूगत संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, वजार व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि विभिन्न उपसमितिका संयोजक र उद्योगी व्यवसायीहरुले आफुले नवुझेका कर सम्वन्धी जिज्ञासाहरु राख्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .