BREAKING NEWS

Tuesday, May 31, 2016

झलमल हुँदै लेखनाथ


सन्दिप पौडेल
लेखनाथ १८ जेष्ठ
नेपालमा लोड्सेडिङ्ग वढ्दै गए पनि अव लेखनाथ नगर क्षेत्र झलमल उच्यालो हुने भएको छ । नेपाल सरकार वातावरण मैत्री स्थानिय शासन कार्यक्रम अन्तर्गत लेखनाथमा सौर्य वत्ती जडान गरीने भएको छ । लेखनाथ नगर क्षेत्रमा विभिन्न चोकहरुमा ५१ वटा सौर्य वत्ती राखीने नगरपालीका कार्यलयका अधिकृत लोक व भण्डारीले वताएका छन् । लेखनाथलाई वातावरण मैत्री वनाउन र सुरक्षाको दृष्टीकोणले समेत राम्रो हुने भण्डारीले वताएका छन् । 
करिव ५८ लाखको लगानीमा लेखनाथ नगर क्षेत्रका प्रमुख चोकहरु तालचोक, शिशुवा, वेगनासताल, अघौं, वुढिवजार, विजयपुर, गगनगौडा, पावर हाउस भण्डारढीक लगाएतका प्रमुख व्यापारिक स्थलमा राखिने जानकारी दिए । नगरपालीका कार्यलयको ४० प्रतिशत र स्थानिय विकास मन्त्रालयको ६० प्रतिशत कुल लगानमा वन्ने सौर्य वत्तिले लेखनाथको विकासमा थप टेवा पुग्ने भण्डारीले विश्वास राखेका छन् । 
आर्थिक वर्ष सकिनै लाग्दा वजेट आए पनी छिट्टै काम सम्पन्न हुने समेत उनले वताए । उनले जोडे अव समुन्नत लेखनाथ वनाउन डम्पिङ्ग साईडको खोजी कार्य प्रमुख प्राथमितामा रहेको जानकारी दिए । ७ तालको वाटिका शहरको रुपमा चिनिने लेखनाथ नेपालकै पहिलो खुल्ला दिशा मुक्त नगरपालीका समेत हो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .