BREAKING NEWS

Saturday, May 7, 2016

युवाहरुले विदेशमा गएर होईन स्वदेशमा नै धन कमाउर्नु पर्छः खड्का


भिमपाणी बराल
लेखनाथ, २५बैशाख।
सांसद कुमार खड्काले युवाहरु विदेशमा गएर धन कमाउने होईन स्वदेशमा नै बसेर केही गर्नु पर्नेमा जोड दिएका छन्।
सौर्य बत्ति जडान मुल उपभोक्ता समितिको आयोजना तथा अखण्ड नेपाल लेखनाथ नगर कमिटिको सह आयोजनामा शनिवार लेखनाथमा सौर्य बक्ति वितरण तथा सुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै सांसद खड्काले युवाहरुलाई देशमा नै रोजगारी सृजना गर्न सके विदेशिने युवालाई स्वदेशमा नै राख्न सकिनेमा जोड दिएका हुन्।
विदेशिको पर निर्भरतालाई अन्त्ये गरि देशमा नै केही गर्ने सोच वनाएका युवाहरुलाई सरकारको पनि सहयोग रहने धारणा राख्दै सांसद खड्काले अव नेपालीहरु काम गर्नका लागि बिदेशिने होईन घुम फिरका लागि पर्यटन भएर बिदेशमा जाने वातावरण सृजना गर्नु पर्छ उनको भनाई रहेको थियो।
राजनिती गर्दा यो पाटी र उ पाटी भने पनि विकास निर्माणका सवालमा सवै एकै ठाउमा वसेर अगाडी वढ्नका लागि सुभाव दिदै अवको आवस्यकता भनेको युवा र महिला उत्यानका योजनाहरु चाहिन्छ उनको जोडदार भनाई रहेको थियो।
सौर्य बत्ति जडान मुल उपभोक्ता समिति कास्कीका संयोजक डिलबहादुर अधिकारीको  अध्यक्षतामा भएको सो कार्यक्रममा आयोजक समितिका संयोजक तथा अखण्ड नेपाल लेखनाथ नगर कमिटिका अध्यक्ष मोती गिरिले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेस्य र उपयोगिताका बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा जिल्ला विकास समिति कास्कीका इन्जिनियर नारायण प्रसाद श्रेष्ठले सौर्य बक्तिको  उज्यालो जस्तै विकास निमार्णका कामहरुलाई पनि जनसहभागिताको माध्यमबाट अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए।
सोही अवसरमा अखण्ड नेपालका बरिष्ठ केन्द्रिय उपाध्यक्ष चतुराखर अधिकारी,केन्द्रिय उपाध्यक्ष पुष्पा केसी,केन्द्रिय महासचिव केश बहादुर केसी, कास्कीका अध्यक्ष पदमवहादुर कार्की,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष बोधराज लामिछाने,लक्ष्मी आदर्श बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख रामजी लामीछाने र सम्पुर्ण राजनितिक पाटीहरुको तर्फबाट एनेकपा माओवादीका हरि लामिछाने लगाएतले विद्युत संकटका बेला बैकल्पीक उर्जाको रुपमा रहेको सोलार वितरण गरि उपयुक्त समयमा उपयुक्त काम भएको धारणा राखेका थिए।
सोही अवसरमा अखण्ड नेपालका बरिष्ठ केन्द्रिय उपाध्यक्ष चतुराखर अधिकारीद्धारा लिखित ज्ञानपुञ्ज पुस्तकको विमोचन समेत सांसद कुमार खड्काले गरेका थिए।
सांसद कुमार खड्काको निर्वाचन क्षेत्र कार्यक्रम अन्तरगत लेखनाथ नगरपालिका र आसपासका छिमेकी गाविसमा रहेका १८वटा मठ,मन्दिर,गुम्वा,चर्च र आमा समुहको भवनलाई उज्यालो बनाउनका लागि सोलर बक्ति वितरण गरिएको थियो। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .