BREAKING NEWS

Thursday, May 19, 2016

शिसुवा कृषि सहकारीको स्थापना दिवसमा पाष्ठय सामाग्री वितरण


भीमपाणि बराल
लेखनाथ,६ जेठ।
शिसुवा कृषि सहकारी सस्था लेखनाथ ८ ले आफनो १०र्औ स्थापना दिवसको अवसर पारेर शिसुवामा रहेको शान्ति नि मा वि का विद्यार्थीहरुलाई पाष्ठय सामाग्री र झोला वितरण गरेको छ।

संस्थाको बार्षिक कार्यक्रम अन्तरग सामाजीक उत्तरदाईत्वलाई बहन गर्दै उक्त विद्यालयमा अध्यनरत एक सय पाँच जना विद्यार्थीहरुका लागि स्टेसनरी र झोला वितरण गरिएको हो ।
सहयोग सामाग्री हस्तान्त्रण गर्दै सहकारी डिभिजन कार्यालय कास्कीका प्रशिक्षक बालकृष्ण सुवेदीले सहकारीले आर्थीक उपार्जनको साथमा स्थानीय तहमा सामाजीक विकासको क्षेत्रमा काम गर्दै उपभोक्ताको मन जित्न सक्नु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कडेल,सस्थाका शिक्षा उप समितिका संयोजक वामदेव जमरकटेल, शान्ति नि मा वि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद अधिकारी लगाएतले विद्यार्थीहरुको शैक्षिक विकासमा सहकारीले अगाडी सारेको योजना प्रभावकारी र उपायोगी भएको धारणा राखेका थिए।
शिसुवा कृषि सहकारी सस्थाका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव नविनप्रसाद बास्तोलाले गरेका थिए भने उपाध्यक्ष विष्णुप्रसाद भण्डरीले गरेका थिए।
यसै  बिच सस्थाले स्थापनाको १० औं वर्षगाठको अवसर पारेर ३६५दिनै सेवा र सन्ध्याकालीन सेवा समेत प्रवाहा गरि सेयर सदस्य तथा ग्राहकहरुलाई थप सेवा प्रवाह गर्ने सस्थाका अध्यक्ष कृष्णप्रसाद तिवारीले उक्त अवसरमा घोषणा गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .