BREAKING NEWS

Tuesday, May 31, 2016

सरस्वती टिका उच्च मा. बि. मा १ दिने स्क्र्याच तालिम सम्पन्न

तस्बिर: सुजित
लेखनाथ,१८ जेठ 
( सिटी अफ सेभेन लेक्स डट कम )
" महिलाद्वरा महिलाहरुमा प्राबिधिक सशक्तिकरण " भन्ने उदेश्यका साथ 
" रोबोटिक्स एसोसियसन अफ नेपाल " RAN को आयोजनामा आज श्री सरस्वती टिका उच्च मा. बि. लेखनाथ- १७ मा ६० जना छात्रा विद्यार्थीहरुलाई ४ जना महिला प्रसिक्षार्थी द्वारा १ दिने स्क्र्याच प्रोग्रामिङ तालिम सम्पन्न भएको छ । स्कुले छात्राहरुमा गेम कसरी बनाउन सकिन्छ भन्ने कुराहरु श्रब्य दृश्य मार्फत प्रस्तुत गरिएको थियो । प्राबिधिक इन्जिनियरिङ्मा महिलाहरु पनि समाबेस हुनु पर्ने प्रशिक्षक इन्जिनियर सितल श्रेष्ठको भनाइ थियो र छात्रा विद्यार्थीहरुले कम्प्युटरमा गेम पनि बनाएका थिए । इन्जिनियर एबम कार्यक्रमक सम्योजक पुष्पा खनाल, मनिता भण्डारी , कबिता थापा सबै महिला प्रशिक्षणकर्ताहरु पाउदा छात्राहरु दंग थिए । साउन १५ मा हुने पहिलो " मिस टेक-२०१६ " मा प्रबिधिको क्षेत्रमा छात्राहरुको सहभागिता उल्लेख्य मात्रामा हुने आशा RAN को रहेको छ । बिद्यालयका प्रीन्सिपल लाल प्रसाद भण्डारीले स्कुल बाटै छात्राहरुमा यस्ता किसिमका कार्यक्रमहरुमा प्राबिधिक ज्ञानको बिकास हुनु राम्रो पक्ष रहेको बताउनु भयो । RAN ले यस्ता किसिमका कार्यक्रम काठमान्डौ बाहिर पहिलो पटक गरेको हो र प्रबिधिको क्षेत्रमा अगाडी बढ्न "यन्त्र पोखरा -२०१६ " डिसेमबरमा हुने जनाएको छ । ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .