BREAKING NEWS

Saturday, May 21, 2016

रुची पोल्ट्री फर्मको स्थापना दिवसमा कर्मचारी सम्मानीत


भीमपाणि बराल
लेखनाथ,८जेठ।
लेखनाथ नगरपालिका वडा नं १३ मालेपाटनमा रहेको रुची पोल्ट्री फर्मको नवौं स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा काम गर्दै आएका उत्कृष्ठ कर्मचारीहरुलाई सम्मान गरेको छ।
कम्पनी स्थापना काल देखि बर्तमान अवस्यासम्म अभिछिन्न रुपले सेवा पु¥याउदै आएका उत्कृष्ठ १५ कर्मचारीहरुलाई कामको उच्च मुल्याङकन गर्दै स्थापना दिवसको अवसर पारेर सम्मान गरिएको हो।
प्रति हप्ता ९०हजार बोईरलका चल्ला उत्पादन गर्दै आएको कम्पनीमा हाल बिभिन्न क्षेत्रमा गरि ६१ जना कर्मचारीहरुले काम गर्दै आएका छन्।
सम्मान पछिको कार्यक्रममा बोल्दै क्षेत्रिय पशुसेवा कार्यालय पोखराका निर्देशक देवनन्दन साहाले कुखुराको मासु र अण्डावाट देशलाई आत्मनिर्भर वनाउने हो भने ब्यवसायिक उत्पादनको माध्यबाट किसानहरुलाई माथी उठाउनु पर्नेमा जोड दिएका थिए।
रुचि पोल्ट्री फर्मका उपाध्यक्ष मडिनाथ लोहोनीको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय पुशु प्रजनन केन्द्रका पोखराका प्रमुख डाक्टर बसन्त मानन्धर,क्षेत्रिय पशुरोग प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक डाक्टर केदार पाण्डे,सस्थाका प्रमुख कार्यकारी अधिकृत डाक्टर सुभनारायण महतो,कार्यकारी ब्यवस्थापक र संचालक समितिका सदस्य गणेशवहादुर भटराई लगाएतले उत्पादनसिल क्षेत्रमा लगानी वढाउने हो भने कोही पनि नेपाली रोजगारीका लागि विदेशीनु नपर्नेमा जोड दिएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .