BREAKING NEWS

Friday, May 13, 2016

राप्रपा लेखनाथ नगर समितिको नगर भेला


लेखनथ,३१बैशाख।
राष्ट्रिय प्रजातन्त्र पाटी लेखनाथ नगर समितिले सुक्रवार  नगर स्तरिय कार्यकर्ता भेला सम्पन्न गरेको छ।
भेलालाई सम्वोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय सदस्य तथा गण्डकी अञ्चलन संयोजक रमेश वहादुर भटराईले जनताको चाहाना अनुसार देशमा लोक तन्त्रलाई स्थाईत्व दिदै संविधानको कार्यन्वयनमा सहयोग पु¥याउने उदेस्यले राप्रपा नेपाल सरकारमा गएको धारणा राखेका थिए।
सोही अवसरमा केन्द्रिय सदस्य भटराईले देश र जनताको पक्षमा काम गर्दै राप्रपा नेपालको अन्तिम निश्कर्ष भनेको हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्र भएको विचार राखेका थिए।
राष्ट्रिय प्रजातन्त्र पाटी लेखनाथ नगर समितिका अध्यक्ष हरिवहादुर जिसीको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रिय सदस्य रोमवहादुर भण्डारी,विष्णुदेबि गुरुङ,जिल्ला सचिव अर्जुन बहादुर बस्नेत,कास्की क्षेत्र नं १का क्षेत्रिय अध्यक्ष नारायण प्रसाद सुवेदी,क्षेत्र नं ३का क्षेत्रिय अध्यक्ष कृष्णराज अधिकारी र राप्रपा युवक संगठनका  केन्द्रिय उपाध्यक्ष नारायण गुरुङ लगाएतले राप्रपा नेपाल सरकारमा गएर देश र जनताको हितमा काम गर्दै आएकाले विदेशी शक्ति पनि बर्तमान सरकारको गठबन्धनलाई छुटाउने प्रयाशमा लागेको आरोप लगाएका थिए।
राप्रपा लेखनाथ वडा नं ११ का अध्यक्ष प्रकाश सापकोटाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष आत्मराम सुबेदीले गरेका थिए।ईन्द्रप्रसाद दाहालले सहजिकरण गरेका थिए। जेष्ठ १सम्म चल्ने तालिमा १९जनाको सहभागिता रहेको छ। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .