BREAKING NEWS

Monday, May 30, 2016

रोटरीद्धारा लक्ष्मी उच्च मा.विलाई कम्प्युटर हस्तान्तण

लेखनाथ, १७ जेठ ।
रोटरी क्लव अफ पोखरा मिडटाउनले लेखनाथ नगरपालिकामा रहेको लक्ष्मी उच्च मा.वि.लाई कम्प्युटर हस्तान्तरण गरेको छ ।
विद्यार्थीहरुमा प्राविधिक ज्ञानमा सहयोग पुग्ने उदश्यले कुल एक लाख चौतिस हजार मुल्य बराबरका तिन सेट कम्प्युटरहरु एक समारोह वीच हस्तान्तरण गरेको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, विद्यार्थी, स्थानिय समाजसेवी, सामाजिक कार्यकर्ता लगाएत क्लवका सदस्यहरु एसिस्टेन गभर्नर केशव प्रसाद आचार्य, पुर्व अध्यक्ष द्वय रामचन्द्र पौडेल र कृष्ण प्रसाद घिमिरे, आगामी वर्षका अध्यक्ष हेमराज वराल, सचिव सन्तोष पोखरेल, सदस्य सुर्यनारायण वराल र संगीता तिमिल्सिनाको सहभागीता  रहेको थियो ।
 कार्यक्रममा क्लवका पुर्व अध्यक्ष रामचन्द्र पौडेलद्वारा लिखित शान्तीका उपायहरु सम्वन्धि पुस्तक विद्यालय लाई प्रदान समेत गरेको थिए । कार्यक्रममा बोल्दै रोटरी क्लव अफ पोखरा मिडटाउनका पुर्व अध्यक्ष कृष्ण प्रसाद घिमिरले रोटरीले विश्वभरि मानविय सेवाका कामहरु गर्दै आएको कुरा वताए । विद्यालयलाई प्रदान गरिएका कम्प्युटरको प्रयोगवाट विद्यार्थीले गुणात्मक शिक्षा प्राप्त गर्ने उनको विश्वास थियो  । कम्प्युटर प्राप्त गरेपछि विद्यालयका प्रधानाध्यापक ऋषिकेश वरालले कम्प्युटरको सहयोगले विद्यार्थीलाई प्रविधिक शिक्षा दिन  सहज हुने भन्दै रोटरी परिवार प्रति आभार व्यक्त्त गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .