BREAKING NEWS

Saturday, May 28, 2016

स्व नेता बादलको स्मृतिमा ट्रस्ट


लेखनाथ १५ जेठ–नेपाली कांग्रेस कास्कीका नेता स्वर्गिय रामजी बादल पौडेलको स्मृतिमा ‘रामजी बादल मेमोरियल ट्रस्ट’ को स्थापना गरिएको छ । उनको सपनालाई मुर्त रुप दिनका लागी ट्रस्टको स्थापना गरिएको ट्रस्टका सचिब विश्व मोहन पौडेलले जानकारी दिए । ट्रष्टको अध्यक्षमा बादल पौडेलकी श्रीमती चन्द्रावती पौडेल रहेकी छन् । यस्तै उपाध्यक्ष रामचन्द्र पौडेल , सचिबमा बिश्व मोहन पौडेल सहसचिवमा धनेश्वर न्यौपाने कोषाध्यक्षमा भरत प्रसाद तिवारी र सदस्यहरुमा ज्योती हमाल , केशर निर्दोशी , शरदराज सुवेदी , चन्द्र ब रानाभाट , मिन नेपाली , ढोलराज पण्डित , किरण बाबु न्यौपाने , सबिर गुरुङ रहेका छन् । संरक्षकमा कास्की कांग्रेस सभापति कृष्ण के सी रहेका छन् । त्यसैगरी ट्रष्टको सल्लाहाकारमा सभासदद्वय जीबन परियार , यज्ञ बहादुर थापा , पुर्व सभासद तारानाथ रानाभाट , विश्व प्रकाश पण्डित , सोभियत बहादुर अधिकारी , रामचंद्र त्रिपाठी , देवराज चालिसे , नन्दु प्रसाद तिवारी रहेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .